
News Summary
Generated by OK AI. Editorially reviewed.- आयरल्यान्डका राजदूत केभिन केल्लीले नेपालका नागरिक समाजलाई ५ लाख युरो सहयोग गर्ने घोषणा गरे।
- उक्त रकम आइरिस एड फन्डमार्फत र आयरल्यान्डको अन्तर्राष्ट्रिय विकास सहकार्यको हिस्सा हो।
- राजदूत केल्लीले सहयोगले नेपाल र आयरल्यान्डबीच सम्बन्ध बलियो बनाउने र समावेशी विकासलाई प्रवर्द्धन गर्ने बताए।
७ जेठ, काठमाडौं । नेपालका लागि आयरल्यान्डका राजदूत केभिन केल्लीले नेपालका नागरिक समाज सम्बद्ध संस्थाहरूलाई ५ लाख युरो (७ करोड ७० लाख रुपैयाँ) भन्दा बढी सहयोग गर्ने घोषणा गरेका छन् ।
उक्त सहयोग रकम आइरिस एड अन्तर्गतको सिभिल सोसाइटी फन्डमार्फत दिइने र यो आयरल्यान्डको अन्तर्राष्ट्रिय विकास सहयकार्य कार्यक्रमको एउटा हिस्सा रहेको राजदूत केल्लीले बताए ।
आइरिस एड आयरल्यान्डको डब्लिनमा रहेको परराष्ट्र मन्त्रालयले व्यवस्थापन गर्दै आएको छ ।
आइरिस राजदूत केल्लीको नेपाल भ्रमण क्रममा यस्तो घोषणा गरिएको भारतस्थित आयरल्यान्ड दूतावासले जनाएको छ ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राजदूत केल्लीले नेपालका नागरिक समाज सम्बद्ध संस्थाहरूलाई उक्त परिमाण बराबर रकम सहयोग गर्ने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा नेपालस्थित स्थानीय साझेदार संस्थाका प्रतिनिधिहरू पनि उपस्थित थिए ।
युरोपेली युनियन (ईयू) कूटनीतिक मिसन प्रतिनिधिमण्डल अहिले काठमाडौंमा रहेको छ, जसमा २१ देशका राजदूत र प्रतिनिधि संलग्न छन् । उनीहरूसँगै आइरिस राजदूत केल्ली पनि छन् ।
ईयू कूटनीतिक मिसन प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, नागरिक समाजका अगुवा, तथा व्यापारिक समुदायका सदस्यहरूसँग भेट गर्ने कार्यक्रम तय छ ।
‘नेपालको नागरिक समाजलाई आयरल्यान्डको सहयोगले समावेशी, लचिलो र स्थानी हिसाबमा नेतृत्व गरिएको विकासप्रति आयरल्यान्डको प्रतिबद्धता प्रतिविम्बित गर्दछ,’ राजदूत केल्लीले पत्रकार सम्मेलनमा भने, ‘यसले आयरल्यान्ड र नेपालबीचको बढ्दो र सकारात्मक सम्बन्ध थप बलियो बनाएको छ भने यो साझेदारीले नेपाली समाजमा पुर्याएको योगदानलाई पनि दर्शाएको छ ।’
प्रतिक्रिया 4