
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले अनारको भाउमा गिरावट देखाएको छ।
- अनारको भाउ बिहीबार थोकमा १६ रुपैयाँ घटेर ३१० रुपैयाँ पुगेको छ।
- पछिल्ला पाँच महिनामा अनारको मूल्यमा गिरावट आएको छ।
८ जेठ, काठमाडौं । स्थानीय बजारमा अनारको भाउमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बिहीबार अनारको भाउमा गिरावट आएको देखिएको हो ।
आज बिहीबार अनारको भाउ थोकमा प्रतिकिलो १६ रुपैयाँ घटेको छ । आज अनार प्रतिकिलो ३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बुधबार ३ सय २६ रुपैयाँमा किनबेच भएको थियो ।
५ महिनाअघि बजारमा अनार प्रतिकिलो ३ सय ५० देखि ४ सय रुपैयाँमा किनबेच भएको थियो । त्यो बेला उपभोक्ताले एक किलो अनारको भाउ ५ सयदेखि ५ सय ५० रुपैयाँसम्म तिरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4