News Summary
Generated by OK AI. Editorially reviewed.- एपीएफ क्लबले नवौं पिएम कप एनभीए भलिबल लिगको पुरुषतर्फ सुदूरपश्चिम प्रदेशलाई ३-० ले पराजित गर्यो।
- एपीएफले महिलातर्फ पनि कर्णाली प्रदेशलाई जित्यो र एभरेस्ट क्लबले त्रिभुवन आर्मीलाई पराजित गर्यो।
- प्रतियोगिता १५ गतेसम्म पोखरामा जारी रहनेछ।
८ जेठ, काठमाडौं । पोखरामा आजदेखि सुरु भएको नवौं पिएम कप एनभीए भलिबल लिगको पुरुषतर्फ एपीएफ क्लबले विजयी सुरुवात गरेको छ ।
बिहीबार दिउँसो भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा हराएको हो । एपीएफले २५-१९, २५-१६, २५-१६ को सोझो सेट जित निकाल्यो ।
यसअघि आजै भएको महिलातर्फको खेलमा पनि एपीएफले जित निकालेको थियो । एपीएफले कर्णाली प्रदेशलाई हराउँदा एभरेस्ट कलबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हरायो ।
पोखरामा १५ गतेसम्म चल्ने प्रतियोगितामा आजै पुरुषका अन्य तीन खेलहरू पनि हुनेछ ।
प्रतिक्रिया 4