
त्रिभुवन शाह र सकिल अलि मिया
News Summary
Generated by OK AI. Editorially reviewed.- जनमत पार्टीले मधेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ।
- उनीहरूले नयाँ मन्त्रीको रूपमा बसन्त कुशवाहा र सञ्जयकुमार यादवलाई नियुक्त गर्ने योजना बनाएका छन्।
- स्रोतले बताए अनुसार, २५ जेठ ०८१ मा बनेको सरकारपछि उनीहरूलाई मन्त्रालय जिम्मेवारी दिइएको थियो।
८ जेठ, जनकपुरधाम । जनमत पार्टीले मधेश सरकारमा सहभागी दुईजना मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ ।
पार्टीले वन तथा वातावरण मन्त्री त्रिभुवन शाह र उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियालाई फिर्ता गर्ने तयारी गरेको हो ।
उनी दुवै जनालाई फिर्ता बोलाएर जनमतले समानुपातिक प्रदेश सांसद बसन्त कुशवाहा र प्रत्यक्ष निर्वाचित सांसद सञ्जयकुमार यादवलाई मन्त्री बनाउने तयारी गरेको मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ ।
कुशवाहा जनमतका उपाध्यक्ष हुन् ।
२५ जेठ ०८१ मा जनमतका सतिशकुमार सिंह नेतृत्वमा सरकार बनेपछि शाह र मियालाई मन्त्रालयको जिम्मेवारी दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4