+
+
Shares

स्काइवेल गाडी किन्नेलाई युरोप टुर गराउँछौं

नेपालमा किनेर ड्राइभ गर्नु हुने ग्राहक जोडीलाई हामीले युरोप टुर दिएर एकदिन फ्रान्समा गाडी ड्राइभ गराउने स्किम ल्याएका हौं । यो स्किमले हामीलाई कन्फिडेन्स क्रिएट गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते १७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जी मोटर्सले प्रि–बजेट अफर अन्तर्गत हरेक स्काइवेल खरिदमा युरोप भ्रमणको अफर ल्याएको हो।
  • प्रि–बजेट अफर सबै मोडेलमा लागू हुन्छ र ग्राहकले डेलिभरीपछि युरोप जान सक्ने व्यवस्था छ।
  • स्काइवेल नेपालमा दुई वर्षदेखि बिक्री हुँदै आएको र ६५ भन्दा बढी देशमा बिक्री भइरहेको छ।

८ जेठ, काठमाडौं । स्काइवेलका विद्युतीय सवारीसाधन (ईभी) को आधिकारिक वितरक जी मोटर्स प्रालिले प्रि–बजेट अवसरमा एक विशेष अफर ल्याएको छ । हरेक स्काइवेल खरिदमा एक जोडीले युरोप भ्रमण गर्न पाउनुका साथै विशेष छुट र एक्स्चेन्ज अफरमा विशेष बोनस समेत प्राप्त गर्नेछन् । कम्पनीले सुनौलो मौकाका रूपमा नक्साल काठमाडौं, राधेराधे–भक्तपुर, इटहरी सुनसरी, विराटनगर, पोखरा र चितवनका सबै शोरुममा अफर प्राप्त हुने जनाएको छ ।

यसै सन्दर्भमा जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालसँग अनलाइनखबरले गरेको कुराकानी :

प्रि–बजेट लक्षित गरेर ल्याउनु भएको युरोप फिक्स टुर खास के हो ?

नेपालमा विद्युतीय सवारी साधन (ईभी) यति धेरै हुन थालेको भन्दै विभिन्न किसिमले ईभीमा चाहिँ डम्पिङ साइट हुने भन्ने एउटा भ्रम छ । एउटा प्रश्न आज गाडी आएर भोलि बन्द हुने हो कि, यसका पार्टपुर्जाका कुरा, सर्भिसका कुरा छ । कतिवटा देशमा ईभी छ भन्ने कुरामा चर्चा भइरहन्छ । एक किमिसले यो रियालटी पनि हो, किनभने धेरै वटा किसिमका, धेरै वटा ब्रान्ड आउँदै गर्दा यो चर्चा चल्छ ।

त्यो सबै कुरामा हामीले हाम्रा ग्राहकको जुन माइन्डसेट छ, त्यो माइन्डसेट तोड्नका लागि चाहिँ ‘ड्राइभ स्काइवेल नेपाल टु युरोप २०२५’ क्याम्पेन ल्यायौं । जसमा हामी २०२५ मोडेलकै गाडी बिक्री गरिरहेका छौं । यहाँ किनेर ड्राइभ गर्नु हुने ग्राहक जोडीलाई हामीले युरोप टुर दिएर एकदिन फ्रान्समा गाडी ड्राइभ गराउने स्किम ल्याएका हौं । यो स्किमले हामीलाई कन्फिडेन्स क्रिएट गरेको छ ।

बजेट अगाडि नै किन ? सबै भेरिएमा यो स्किम हुन्छ ?

हाम्रा ग्राहकलाई नेपालमा स्काइवेलको अहिले पछिल्लो समयमा बी११ मोडेलको ८० लाख पर्छ । यसले ४ सय १० किलोमिटर रेन्ज दिन्छ । अर्को ईटी५ मोडेलको ९० लाख पर्छ, जसले ५ सय २० किलोमिटर रेन्ज दिन्छ । सरल मूल्यमा पनि हाम्रो गाडी ग्राहकलाई प्राप्त भयो । ६ सय २० किलोमिटर रेन्ज दिने १ करोड १५ लाखको मात्रै गाडी नभएर अरू गाडी पनि भयो अब । प्रि–बजेट स्किम सबै गाडीमा रहेको छ ।

हामीले प्रि–बजेटमै किन स्किम चलायौं भन्दा हाम्रो बजेट आउँदा गर्दा चाहिँ दुई–चारवटा वस्तु विशेष जहिले पनि आकर्षणमा पर्छन् । मदिरा, चुरोट, गाडीजस्ता कुरा भन्सार बढ्ने एउटा लिस्टमा पर्छन् । यस्तो सन्देहको अवस्थामा ग्राहकलाई चाहिँ यो दसैंतिहारको भन्दा ठूलो अफर हो है भन्नका लागि मात्रै प्रि–बजेट अफर हो ।

प्रि–बजेटमा बुकिङ गरेर पछि युरोप जान पाइन्छ ?

किन्न चाहिँ बजेट अगाडि ग्राहकले डेलिभरी लिनुपर्‍यो, स्वामित्वमा आउनुपर्‍यो, युरोप पछि जान्छु भन्न पनि पाइयो । अब हामीले ग्राहकलाई जेठ, असार, साउन, उस्तै पर्दा भदौसम्म पनि मिलाउँछौं । कति जना कामकाजी हुनुहोला, कति जना प्रोफेसनल हुनुहोला, व्यवसाय होला । भन्ने बित्तिकै बिदा नमिल्न सक्छ । हामीले लट–लट बनाएर ग्राहकको जोडी भएपछि दुई जना, एक जना ग्राहकले गाडी किन्दा दुईजना हुनुपर्‍यो । भनेपछि हामीले त्यो ग्रुप बनाएर, सेड्युल मिलाएर हामीले उडाउँछौं ।

कति दिनको हुन्छ यो टुर ?

यो एक साताको टुर हुन्छ । ६–७ वटा देशको तपाईंलाई एक्स्पोजर भिजिट भइसकेपछि फ्रान्समा त्यहाँको इम्पोर्टरको शोरुममा लगेर हाम्रा ग्राहकलाई एकदिन टेस्ट ड्राइभ नै गराउने हो स्काइवेलको । मुख्य कुरा हाम्रो चाहिँ यो ड्राइभ स्काइवेल नेपाल टु युरोपको कन्सेप्ट पनि यही हो ।

अहिले स्काइवेलको उपस्थिति नेपालमा कस्तो छ ?

हामीले मुख्यतः एउटा स्काइवेल ब्रान्डलाई २ वर्षदेखि नेपालमा बिक्री गर्दै आएका छौं । सन् २०२३ को नाडा अटो शोबाट हामीले ब्रान्डलाई प्रिजेन्टेसन गरेर चाहिँ प्रिजेन्स जनायौं नेपालमा । आधिकारिक विक्रेताका रूपमा जी मोटर्स प्रालिबाट अघिल्लो वर्ष वैशाखदेखि हामीले गाडीलाई डेलिभरी गर्न थाल्यौं । राधेराधे भक्तपुर शोरुमबाट सुरुवात गर्‍यौं । यो पछिल्लो एक वर्षमा हामीले जो ग्राहक बजारमा पायौं, ग्राहकको कन्फिडेन्स पायौं, ओभरअल पर्फर्मेन्स गरेको फिडब्याक पायौं । हामीले त्यही दौरान हाम्रो गाडीको एउटा सक्सेस स्टोरीका रूपमा ‘नेपाल्स फस्र्ट रियल ईभी एसयूभी’ भन्ने ट्यागलाइनलाई जेनेरेट गर्न सफल भएका छौं ।

किन त नेपाल्स फस्र्ट रियल ईभी एसयूभी हो भन्ने कुरामा दुई–तीन कुरा एनालाइसिस गर्ने पाटा उजागर गर्‍यौं । जसमा नेपालकै पहिलो ६ सय २० किलोमिटर रेन्ज दिने लङ रेन्ज ल्याएर बेचिररहेका छौं । ८६ किलोवाट आवरको ब्याट्रीमा अहिलेसम्म नेपालमा कुनै पनि गाडी लन्च नै भएको छैन । हिजो पनि थिएन, आज पनि छैन, हामी नै त्यसमा लिड गरिरहेका छौं ।

दोस्रो, नेपालका खराब बाटा जति पनि अहिलेको दाउन्ने, नवलपरासी, चितवन, गैंडाकोट, पोखरा जाने बाटो र अन्य सडक पनि कान्तिपथ लोकमार्ग सबै हेर्ने हो भने असाध्यै खराब छन् । बीपी हाइवे पनि भत्किसकेपछि खराब अवस्था छ । ईभीको एउटा फ्याक्ट के हो भन्दा टायर चाहिँ स्किड हुने सम्भावना हाई हुन्छ ।

किनभने, ईभी भनेको अफरोडका लागि बन्नेभन्दा पनि युरोपियन क्वालिटी अथवा राम्रो सडकलाई जेनेरल्ली डिजाइन गरिएको हुन्छ । तर, हामीले स्काइवेललाई नेपालका धेरै सडकमा टेस्ट गर्दा, चलाउँदा हाम्रा ग्राहकले ड्राइभ गर्दा आज कयौँ ग्राहकले ३० हजार, ४० हजार किलोमिटर चाहिँ ड्राइभ गरिसक्नुभएको छ । म आफैंले पनि एउटा ६ सय २० किलोमिटर रेन्जको स्काइवेल चलाइरहेको छु । जुन २२ हजार किलोमिटर कुदिसकेको छ । अधिकांश नेपालको बाटोमा मैले आफैं ड्राइभ गरेको छु ।

यो सबै दौरान गाडीको उच्च ग्राउन्ड क्लियरेन्स र रियल एसयूभी टायर ईभीमा महत्त्वपूर्ण कुरा रहेछ । ईभीमा एसयूभी टायर छ भने चाहिँ कहिले पनि त्यसले फेलियर हुन दिँदैन प्रडक्टलाई वा ग्राहकलाई चाहिँ ड्राइभिङ अनकम्फर्ट क्रिएट हुन दिँदैन । यो सबै हुँदै गर्दा एक वर्ष पुगेको एउटा हाम्रो अनुभव, हाम्रा ग्राहकलाई वर्षभरिमा सयौँ गाडी डेलिभरी गर्न सफल भयौं । उच्च प्रोफाइलका ग्राहकलाई दिएका छौं ।

युरोपमा एकदम चर्चित छ स्काइवेल, त्यो अनुसार बिक्री छ ?

हाल नेपालमा १ सय ४० भन्दा बढी स्काइवेलका ईटी५ (६ सय २० किलोमिटर प्रिमियम विद्युतीय एसयूभी) बिक्री भइसकेका छन् ।

ईटी५, बी११ मोडेलमा हाल कम्पनीसँग ६ सय २०, ५ सय २० र ४ सय १० किलोमिटर रेन्ज दिने प्रिमियम एसयूभी बिक्रीका लागि उपलब्ध छन् । नेपाली ग्राहकले युरोपेली बजारमा अत्यधिक रुचाइएको स्काइवेलका प्रिमियम सवारीको गुणस्तर पर्फर्मेन्स र उच्च १ सय ५० किलोवाट पावरले नेपालका सबै किसिमका भूभागमा सहजै यात्रा गर्न सकिन्छ । स्काइवेल जर्मनी, बेलायत, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड लगायत ६५ भन्दा बढी देशमा बिक्री हुँदै नेपालमा पनि युरोपेली गुणस्तरका सवारी बिक्री गर्ने प्रिमियम सवारी उत्पादक कम्पनी हो ।

फोटो : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?