+
+
Shares

एरिक भ्यालीसँग सहकार्यको सम्भावनाबारे विपिन : ढोका खुला छ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता विपिन कार्कीले ‘ऊनको स्विटर’ फिल्मको सफलतापछि राहत महसुस गरेका छन्।
  • विपिनले फ्रान्सेली निर्देशक एरिक भ्यालीसँग कफी मिटिङ गरेको बताए।
  • भविष्यमा सहकार्यको सम्भावना रहेको उनले बताए, निर्देशक भ्यालीले फिचर फिल्मको तयारी गरिरहेका छन्।

काठमाडौं । ‘ऊनको स्विटर’पछि अभिनेता विपिन कार्की राहत महसुस गरिरहेका छन् । यो फिल्मले बक्सअफिसमा राम्रो कमाइ गरेको देखिएको छ । यससँगै विपिनको अभिनयले प्रशंसा बटुलिरहेको छ ।

यसबीच, विहिबार दिउँसो विपिनले एक फोटो सार्वजनिक गरे जसलाई लिएर विभिन्न अड्कलबाजी लगाउन सकिन्छ । अस्कर मनोनित फिल्म ‘क्याराभान (हिमालय)का फ्रान्सेली निर्देशक एरिक भ्यालीसँग विपिनको ‘कफी मिटिङ’ भयो ।

भेटमा फिल्मबारे गफगाफ भएको विपिनले बताए । ‘फिल्मको विषयमा गफगाफ भयो । उहाँले पनि केही फिचर फिल्म बनाउँदै हुनुहुँदो रहेछ । उल्लेखनीय केही भएको होइन । कफी पिएर गरिएको भेटमात्र हो’ विपिनले अनलाइनखबरसँग भने ।

के निकट भविष्यमा सहकार्यको सम्भावना छ ? जवाफमा विपिनले भविष्यमा सहकार्यको ढोका खुला रहेको बताए । विपिनको यो भनाईअनुसार यदि भविष्यमा निर्देशक भ्यालीसँग सहकार्य भयो भने यसलाई स्वभाविक लिए हुन्छ ।

निकट स्रोतका अनुसार निर्देशक भ्याली एक फिचर फिल्मको तयारीमा छन् । कोरोनाको समयमा उनले केही कलाकारसँग भेटेर तयारी पनि गरेका थिए । यद्यपि, त्यसपछि उनको फिचर फिल्मको विकासक्रमबारे बताइएको छैन ।

निर्देशक भ्याली केही दिनअघि नेपाल आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?