+
+
Shares

झन्डै २ अर्बको अंगुर आयात, भारतबाटै १ अर्ब ७४ करोड

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आव १० महिनामा १ अर्ब ८२ करोड २८ लाख ७ हजार रुपैयाँ बराबरको २ करोड ९० लाख ८६ हजार ३ सय ६० किलो अंगुर आयात भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते २०:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा २ अर्ब रुपैयाँ बराबरको २ करोड ९० लाख ८६ हजार ३ सय ६० किलो अंगुर आयात भएको छ।
  • अघिल्लो आवको तुलनामा आयात घटेको भए पनि भारत र चीनबाट आयात भएको अंगुरले राजस्व संकलन गरेको छ।
  • भारतबाट १ अर्ब ७४ करोड ६० लाख १४ हजार रुपैयाँको अंगुर आयात हुँदा २६ करोड २१ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

८ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (साउन–वैशाख) मा करिब २ अर्ब रुपैयाँ बराबरको अंगुर आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आव १० महिनामा १ अर्ब ८२ करोड २८ लाख ७ हजार रुपैयाँ बराबरको २ करोड ९० लाख ८६ हजार ३ सय ६० किलो अंगुर आयात भएको हो ।

उक्त परिमाणमा अंगुर आयात हुँदा सरकारले २७ करोड ७५ लाख ३३ हजार रुपैयाँ राजस्व उठाएको छ ।

अघिल्लो आव २०८०/८१ को १० महिनाको तुलनामा चालु आव सोही अवधिमा अंगुर आयात घटेको तथ्यांकले देखाउँछ ।

गत आव सोही अवधिमा २ अर्ब ६ करोड ११ लाख ३५ हजार रुपैयाँको २ करोड ४८ लाख ८९ हजार ७ सय ९० किलो अंगुर आयात भएको थियो । उक्त परिमाणको अंगुर आयात हुँदा २१ करोड २ लाख ११ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

विभागको तथ्यांकमा चालु आव १० महिनामा भारत र चीनबाट अंगुर आयात भएको उल्लेख छ । भारतबाट १ अर्ब ७४ करोड ६० लाख १४ हजार रुपैयाँको २ करोड १४ लाख ७८ हजार ३ सय ९२ किलो अंगुर आयात भएको छ ।

भारतबाट उक्त परिमाणको अंगुर आयात हुँदा सरकारले २६ करोड २१ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यस्तै १० महिनामा चीनबाट ७ करोड ६७ लाख ९३ हजार रुपैयाँको ६ लाख ७ हजार ९ सय ६२ किलो अंगुर आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

चीनबाट उक्त परिमाणको अंगुर आयात हुँदा सरकारले १ करोड ५३ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?