+
+
Shares

कैलालीको अत्तरियामा बेहोस भेटिएका पुरुषको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते ६:४१
अस्पतालमा राखिएको शव । फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले बताए अनुसार, अत्तरियामा बेहोस अवस्थामा भेटिएका ३५ वर्षीय एक पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।
  • ती पुरुष बिहीबार राति गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कमा बेहोस अवस्थामा भेटिएका थिए ।
  • मृतकको पहिचान खुल्न सकेको छैन ।

९ जेठ, धनगढी । कैलालीको अत्तरियामा बेहोस अवस्थामा भेटिएका एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कमा बिहीबार राति बेहोस अवस्थामा भेटिएका नाम, थर नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार बेहोस अवस्थामा भेटिएका उनलाई प्रहरीले उपचारका लागि पद्ममा अस्पताल पुर्‍याएको थियो । तर पद्मा अस्पतालले सेती प्रादेशिक अस्पताल रेफर गरेको थियो । उनको सेती प्रादेशिक अस्पतालमा राति उपचारकै क्रममा मृत्यु भएको डीएसपी सिंहले जानकारी दिए ।

मृतकको पहिचान भने खुलेको छैन । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?