
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेताहरूको प्रयत्नले देश बिग्रिएको टिप्पणी गरे।
- उहाँले गणतन्त्रलाई चाहिएको नेतृत्व नहुँदा रोजगारी र सुशासन कायम हुन नसकेको बताए।
- उनले दलाल पूँजीवाद र नेताहरूको गठबन्धनलाई मुलुकको विकास र सुशासनको प्रमुख कारण ठहराए।
९ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेताहरूकै ठूला प्रयत्नका कारण देश बिग्रिएको टिप्पणी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा उनले गणतन्त्रलाई चाहिएको राजनीतिक नेतृत्व नालायक हुँदा मुलुकमा रोजगारी सिर्जना र सुशासन कायम हुन नसकेको बताए ।
सत्तामा टिकिरहनका लागि गणतन्त्रको कार्यकारी नेतृत्वले राज्यको स्रोत दोहन गरेको नेता भूसालको भनाइ छ ।
‘हाम्रो गणतन्त्रलाई चाहिएको लिडरसिप जुन थियो त्यो नालायक भयो । त्यो राज्य दोहनतिर लाग्यो जसले गर्दा रोजगारी र सुशासनतर्फ त्यसले लगेन । सत्तामा रहनको लागि उसले राज्य दोहन गर्नुपर्यो । कतिपय मान्छेले यो देश यसै बिग्रिएको हो भन्छन् । त्यसो होइन । नेताहरूको धेरै ठूला प्रयत्नले यो देश बिग्रिएको हो,’ भूसालले भनेका छन् ।
उनले नाफा कमाउने तर उद्यम नखोल्ने पुँजीपति र नकमाएको सम्पतीमा बाँच्ने नेताहरूबीचको गठबन्धन नै मुलुकको विकास र सुशासनका प्रमुख कारण भएको टिप्पणी गरे ।
‘नाफा कमाइरहने, उद्यम नखोल्ने पूँजीपति र नकमाएको सम्पतीमा बाँच्ने लिडरसिपको यो गठबन्धन जसलाई मैले दलाल पूँजीवाद भनेको छु । नेपालको विकासका सम्बन्धमा सबै पापहरुको बाउ त्यही नै हो जसले हाम्रो सुशासन र विकासलाई रोकेको छ । अब यसको समाधान भनेको म गणतन्त्रको कार्यकारी नेता हुँ भन्नेले त्यो ठाउँ छोडोस्,’ भूसालले भने ।
साथै, उनले मुलुकको मसस्या बुझेर तदअनुसार काम गर्न नसके व्यवस्थालाई चुनौती दिने पात्रहरू समाजमा जन्मिरहने उनको टिप्पणी छ ।
प्रतिक्रिया 4