+
+
Shares

मार्वलले सार्‍यो ‘एभेन्जर्स डुम्सडे’ र ‘सेक्रेट वार्स’को प्रदर्शन मिति, कारण यस्तो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘एभेन्जर्स : डूम्सडे’ र ‘एभेन्जर्स : सेक्रेट वार्स’ को रिलिज मिति डिज्नीले स्थगित गरेको छ।
  • रोबर्ट डाउनी जूनियरको ‘डक्टर डूम’ को भूमिका यसले उत्साह बढाएको छ।
  • यी फिल्महरू अब २०२६ र २०२७ मा रिलिज हुनेछन्।

लस एन्जलस । रोबर्ट डाउनी जूनियर र मार्वल स्टुडियोका फ्यानको प्रतीक्षा लम्बिने भएको छ । निर्माताले ‘एभेन्जर्स : डूम्सडे’ र ‘एभेन्जर्स : सेक्रेट वार्स’ को रिलिज मिति पछि सारेकाले ’डक्टर डूम’ लाई पर्दामा हेर्ने अपेक्षा झनै बढेको छ ।

केही समयदेखि मार्वल सिनेम्याटिक युनिभर्सका फिल्मले अपेक्षाकृत ढंगले बक्सअफिसमा जादू गर्न सकेका छैनन् । एक दिनअघि, टम हल्याण्डको ‘स्पाइडर म्यान ४’ यसको कास्टिर्लाइ लिएर चर्चामा थियो । यसबीच ‘एभेन्जर्स : डूम्सडे’ र ‘एभेन्जर्स : सेक्रेट वार्स’को बारेमा ठूलो खबर छ ।

यी दुवै फिल्मबाट फ्यानको ठूलो अपेक्षा छ, तर डाक्टर डूमको भूमिकामा खलनायकको भूमिका निर्वाह गरिरहेका रोबर्ट डाउनी जूनियरको कारणले पनि उत्साहको स्तर उच्च छ । दुःखको कुरा, यी दुवै फिल्मका लागि फ्यानले अझै केही समय पर्खनुपर्नेछ ।

किनभने डिज्नीले मार्वल सिनेम्याटिक युनिभर्सका यी दुवै फिल्मको रिलिज स्थगित गरेको छ । स्टुडियोले बिहीबार प्रदर्शन मिति पोस्टपोन्ड गर्ने घोषणा गरेको हो । मार्वलको माउ कम्पनी डिज्नीले भन्यो, ‘रोबर्ट डाउनी जूनियरको एमसीयूमा पुनरागमन हुने फिल्म ‘एभेन्जर्स : डूम्सडे’ अब डिसेम्बर १८, २०२६ मा रिलिज हुनेछ ।

यो फिल्म पहिले मे १, २०२६ मा हलमा आउने तालिका थियो । तर अब यसलाई ७ महिनाको लागि स्थगित गरिएको छ । यो फिल्म अहिले निर्माण चरणमा छ ।

स्टुडियोले पहिले नै आगामी दुवै ‘एभेन्जर्स’ फिल्मको छायांकन सुरु भएको बताएको थियो । नयाँ घोषणामा, ‘एभेन्जर्स : डूम्सडे’ सँगसँगै, ‘एभेन्जर्स : सेक्रेट वार्स’ को रिलिज मिति पनि परिवर्तन गरिएको छ । यो फिल्म २ मे २०२७ को सट्टा १७ डिसेम्बर २०२७ मा रिलिज हुनेछ ।

रोयटर्सको रिपोर्टअनुसार, नयाँ सुटिङ तालिकालाई अन्तिम रूप दिइएको छ । फिल्म निर्मातालाई सुपरहिरो फिल्मको निर्माण सम्पन्न गर्न थप समय दिने निर्णय गरिएको छ ।

‘एभेन्जर्स : डूम्सडे’ र ’एभेन्जर्स : सेक्रेट वार्स’ दुवै मार्भल सिनेम्याटिक युनिभर्स (एमसीयू)को सातौं श्रृंखला हुन् । यी फिल्मलाई रुसो ब्रदर्सले निर्देशन गरिरहेका छन् । यसअघि, रुसो ब्रदर्सले एमसीयूलाई ‘एभेन्जर्स : एन्डगेम’ र ‘एभेन्जर्स : इन्फिनिटी वार’जस्ता हिट फिल्म निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?