+
+
Shares

२०-२५ वर्षमा चामत्कारिक ढंगले नेपालको गरिबी घट्यो : गगन थापा

कांग्रेस महामन्त्री थापाले २०-२५ वर्षमा चामत्कारिक ढंगले नेपालको गरिबी घटेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १८:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा गरिबी घटेको बताएका छन्।
  • उनले प्रजातन्त्रको विकास र सामाजिक क्षेत्रमा उल्लेख्य प्रगति भएको बताए।
  • उनले २०—२५ वर्षमा नेपालले चामत्कारिक रूपमा गरिबी घटाएको र विकासको आकांक्षा जगाएको बताए।

९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा चामत्कारिक ढंगबाट गरिबी घटेको बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रजातन्त्र आएसँगै नेपालमा विकासको नयाँलहर आएको बताए । उनले प्रजातन्त्रसँगै भौतिक विकास, पूर्वाधार विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्यको विकास उल्लेख्य रूपमा भएको बताए ।

प्रजातन्त्रको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको विकासको आकांक्ष रहेको र त्यसको भोक जगाउन सफल भएको उनको भनाइ छ ।

‘प्रजातन्त्रको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको विकासको आकंक्षा पनि जगायौं । २०८१ सालमा आइपुग्दै गर्दा हिजो हातमुख जोड्न पनि गाह्रो भएका परिवारको अवस्था एक तहमाथि उठेको छ । नेपाल संसारका ती थोरै देशहरूमध्ये पर्दछ । जसले गएको २०—२५ वर्षमा चामत्कारिक ढंगबाट आफ्नो देशको गरिबी घटाएको छ । अब त्यो परिवारका मान्छेले कसैले १०, कसैले ११, कसैले १२ पढेको छ । आम्दानी बढाउन अब स्वभाविक चाहन्छ,’ थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?