+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गैरकानुनी रूपमा नेपालीलाई विदेश पठाए कारबाही गर्ने विभागको चेतावनी

विभागले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वा कुनै पनि नेपाली कामदारलाई श्रमिकका रूपमा विदेश पठाउन वैदेशिक रोजगार ऐन बमोजिम विभागमा दर्ता भएका संस्थाले मात्र अनुमति पाएको स्पष्ट पारेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गैरकानुनी रूपमा नेपालीलाई विदेश पठाउने गरेको पाइए कारबाही गर्ने चेतावनी विभागले दिएको छ।
  • विभागले वैदेशिक रोजगार ऐन बमोजिम दर्ता भएका संस्थालाई मात्रै अनुमति दिएको स्पष्ट पारेको छ।

९ जेठ, काठमाडौं । वैदेशिक रोजगार विभागले गैरकानुनी रूपमा नेपालीलाई विदेश पठाउने गरेको गुनासो आएको भन्दै त्यसो गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै विभागले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वा कुनै पनि नेपाली कामदारलाई श्रमिकका रूपमा विदेश पठाउन वैदेशिक रोजगार ऐन बमोजिम विभागमा दर्ता भएका संस्थाले मात्र अनुमति पाएको स्पष्ट पारेको छ ।

विभागको यस्तो चेतावनी अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अख्तियारले छापा हान्दै अनुसन्धान सुरु गरेपछि आएको हो ।

कतिपय व्यक्ति, शैक्षिक परामर्श केन्द्र, ट्राभल एजेन्सी, तालिम प्रदायक संस्था, भाषा प्रशिक्षण गराउने संस्था लगायतले नेपाली श्रमिकलाई विदेश पठाइदिने सूचना जारी गरेको, राहदानी र अन्य संस्थाले नेपाली श्रमिकलाई विदेश पठाइदिने सूचना जारी गरेको पाइएको विभागको भनाइ छ ।

त्यस्तै राहदानी र अन्य कागजात संकलन गर्ने र नक्कली कागजात तयार गरी विदेश पठाउने काममा संलग्न भएको भन्दै विभागमा उजुरी र जनगुनासो समेत आएको विज्ञप्तिमा उल्लेख छ ।

विभागले गैरकानुनी हिसाबमा वैदेशिक रोजगारीमा नपठाउन सचेत गराउँदै टोली खटाइ नियमित तथा आकस्मिक अनुगमन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?