+
+
Shares

योजना आयोग उपाध्यक्ष र एडीबी वैकल्पिक कार्यकारी निर्देशकबीच भेट

भेटमा आयोग उपाध्यक्ष अधिकारीले प्रमुख विकास साझेदारका रूपमा एडीबीले नेपालको विकास प्रयासमा गरेको महत्त्वपूर्ण सहयोगको प्रशंसा गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १९:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • योगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी र एडीबी वैकल्पिक कार्यकारी निर्देशक नुरुस्सदा मुहरर्मबीच भेटवार्ता भएको छ ।
  • उपाध्यक्ष अधिकारीले एडीबीले नेपालको विकास प्रयासमा गरेको महत्त्वपूर्ण सहयोगको प्रशंसा गरे।
  • भेटमा द्विपक्षीय साझेदारी थप बलियो बनाउने विषयमा छलफल भयो।

९ जेठ, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी र एसियाली विकास बैंक (एडीबी) वैकल्पिक कार्यकारी निर्देशक नुरुस्सदा मुहरर्मबीच भेटवार्ता भएको छ ।

योजना आयोगमा शुक्रबार भएको भेटमा एडीबीका नेपाल प्रमुख आर्नो एम काउचोइज, निर्देशकका सल्लाहकार जेसिका लिम र आयोग सहसचिव खोमराज कोइराला सहित पदाधिकरी उपस्थित थिए ।

भेटमा आयोग उपाध्यक्ष अधिकारीले प्रमुख विकास साझेदारका रूपमा एडीबीले नेपालको विकास प्रयासमा गरेको महत्त्वपूर्ण सहयोगको प्रशंसा गर्दै नेपालको विकासका प्राथमिकता र आयोजनाको प्राथमिकीकरण गरी प्रभावकारी कार्यान्वयनबारे बताए ।

आयोगका सहसचिव कोइरालाले नेपालमा एडीबीको सहयोगमा सञ्चालित आयोजना कार्यान्वयन प्रभावकारी बनाउनुपर्ने र नेपालको विकासका प्राथमिकतामा आधारित भएर सहयोग परिचाल गर्न जोड दिए ।

उनीहरूबीच आगामी दिनमा द्विपक्षीय साझेदारी थप मजबुत बनाउने विषयमा समेत छलफल भएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?