+

क्लाइम्बिङ खेलले मानसिक र शारीरिक रूपमा बलियो बनाउँछ : खेलकुदमन्त्री चौधरी

२०८२ जेठ  १० गते २२:०८ २०८२ जेठ १० गते २२:०८
क्लाइम्बिङ खेलले मानसिक र शारीरिक रूपमा बलियो बनाउँछ : खेलकुदमन्त्री चौधरी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्री तेजुलाल चौधरीले क्लाम्बिङ खेलले मानसिक, शारीरिक र आर्थिक फाइदा हुने बताएका छन्।
  • उनले मोबाइलको प्रयोग कम गर्न र खेलकुदमा लाग्न अभिभावक र विद्यार्थीलाई आग्रह गरे।

१० जेठ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले क्लाम्बिङ खेलले मानसिक र शारीरिक रूपमा बलियो बनाउने र आर्थिक रूपमा समेत फाइदा पुग्ने बताएका छन् ।

शनिबार ललितपुरको झम्सिखेलमा रहेको असेण्ड क्लाम्बिङमा मे २३ केएमइएस छैटौं भर्टिकल च्यालेन्ज कप क्लाम्बिङको उद्घाटन गर्दै मन्त्री चौधरीले क्लाम्बिङ खेलले फाइदा पुग्ने बताएका हुन् ।

‘क्लाम्बिङले मानसिक र शारीरिक रूपमा त बलियो बनाउँछ नै यसले आर्थिक रूपमा पनि आर्जन गर्न सहयोग गर्छ’ मन्त्री चौधरीले भने ।

नेपाल स्पोर्ट क्लाइम्बिङ संघ (एनसीएसए) र काठमाडौं उपत्यका विशेष समिति (केभिएसए) को संयोजनमा तथा माउण्टेन एड्भेन्चर स्पोर्ट्स एकेडेमीको सहकार्यमा आयोजना गरिएको हो ।

१८ वर्षमूनिका खेलाडी र विद्यार्थीहरूका लागि आयोजना गरिएको प्रतियोगितामा विभिन्न उमेर समूहका ५० भन्दा बढीको सहभागिता रहेको थियो ।

सानैदेखि क्लाम्बिङ खेलमा लाग्दा यसले विद्यार्थीहरुलाई भविष्यमा हिमाल चढ्नदेखि खेलमा समेत सहयोग गर्ने चौधरीले बताए ।

‘क्लाम्बिङले विद्यार्थीहरुलाई सगरमाथा चढ्न मात्र होइन कुनै पनि हिमाल चढ्न सानै देखि प्रोत्साहन गर्नुभाछ सहयोग पुग्छ’ उनले भने, ‘साथै यसले आर्थिक रूपमा पनि सहयोग गर्छ । यसमा विद्यार्थीहरु पनि निकै इच्छुक भएका छन् । भविष्यमा यसैबाट राष्ट्रिय खेलाडी उत्पादन हुनेछ ।’

क्लाइम्बिङबाट विद्यार्थीहरुको मानसिक र शारीरिक रूपमा बलियो बनाउनुका साथै भविष्यमा उसले आर्थिक रूपमा पनि आर्जन गर्न सक्ने मन्त्री चौधरीले बताए ।

यस्तै मन्त्री चौधरीले अहिले धेरै बच्चाहरुले मोबाइलमा धेरै समय खर्च गर्ने गरेको उदाहरण दिँदै त्यसबाट छुटकारा दिलाउन पनि कुनै न कुनै खेलमा संलग्न गराउनुपर्ने बताए ।

‘आजकल केटाकेटीहरु मोबाइल धेरै चालउँछन् त्यसबाट रोक्न खेलकुदमा लाग्नुपर्छ’ उनले भने, ‘म विद्यार्थी र अभिभावकलाई आग्रह गर्छु कि शनिवार वा बिदाको दिन बच्चाहरुलाई मोबाइलको सट्टा हप्ताको एक दिन भएपनि पनि कुनै पनि खेलमा जस्तै क्लाइम्बिङमा लैजानुहोस् । यसले धेरै फाइदा पुग्छ ।’

खेलकुदमन्त्री तेजुलाल चौधरी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय