
११ जेठ, काठमाडौं । कालीमाटी बजारमा जुनार र अंगुरको भाउ बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार यी दुवै फलफूलको भाउ बढेको हो ।
आइतबार जुनार र हरियो अंगुरको प्रतिकिलो मूल्य समान ३६ रुपैयाँले बढेको छ । शनिबार जुनार र हरियो अंगुर प्रतिकिलो १९० रुपैयाँमा किनबेच भएको थियो । आज भने दुवै फलफूलको प्रतिकिलो थोक मूल्य २२६ रुपैयाँ कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4