+
+
Shares

सुशिल र अञ्जनालाई लिएर ‘परिवर्तन’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १५:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विजय केरुङले ‘परिवर्तन’ नामक नयाँ फिल्म निर्देशन गर्नुभएको छ, जसमा सुशिल श्रेष्ठ र अञ्जना बराइली मुख्य भूमिकामा छन्।
  • फिल्मले इमान्दार प्रहरी अधिकारीको कथा बताउँछ र छायांकन आगामी हप्ताबाट सुरु हुनेछ।
  • फिल्मको प्रदर्शन यस वर्षभित्र हुने लक्ष्य राखिएको छ।

काठमाडौँ । सुशिल श्रेष्ठ र अञ्जना बराइलीलाई शीर्ष भूमिकामा लिएर विजय केरुङले आगामी फिल्म ‘परिवर्तन’ निर्देशन गर्ने भएका छन् ।

‘माझी दाइ’, ‘आमाको काख’ लगायतका दर्जनौँ फिल्म निर्देशन गरेका केरुङको यो फिल्मले इमान्दार प्रहरी अधिकृतको कथा भन्छ जसले कानुन र प्रेमप्रतिको दायित्व निर्वाहको प्रयास गर्छ ।

चर्चित कमब्याक फिल्म ‘आउट ल’पछि सुशीलले यो फिल्म आफ्नो करिअरमा कोशेढुंगा बन्ने बताएका छन् । ‘महापुरुष’, ‘पुजार सार्की’ र ‘पूर्णबहादुरको सारङ्गी’जस्ता चर्चित फिल्ममा अभिनय गरेकी बराइलीको अर्को फिल्म ‘महाभोज’ प्रदर्शन तयारीमा छ ।

फिल्ममा सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, यमनाथ खरेलको पनि अभिनय हुनेछ । दिब्यासी फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्मको निर्मातामा दीपक सिवाकोटी छन् । पटकथा र संवाद शिवम अधिकारीले लेखेका छन् ।

छायांकन शिव ढकाल, सम्पादन भूपेन्द्र अधिकारी, एक्सन कोरियोग्राफी श्री श्रेष्ठ, नृत्य निर्देशन कमल राई, पब्लिसिटी डिजाइन रोयल भीमसेनले गर्नेछन् । निर्देशकको सहायकका रूपमा नवराज शर्मा रहनेछन् भने प्रोडक्सन हेड अरुण रेग्मी हुन् ।

छायाङ्कन आगामी हप्ताबाट सुरु हुने बताइएको छ । पूर्वीनेपालका विभिन्न जिल्लामा छायांकन हुने र यसै वर्षभित्र प्रदर्शनमा ल्याउने लक्ष्य निर्माण पक्षले लिएको छ । ‘परिवर्तन’ शीर्षकमा यसअघि पनि २०२८ सालमा फिल्म निर्माण भएको थियो, जसको निर्देशन हीरासिंह खत्रीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?