
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको युट्युब ट्रेन्डिङमा पछिल्लो साता विभिन्न गीतहरू स्थान पाएका छन्।
- स्वप्न सुमनको ‘राधा’ गीतले शीर्ष स्थान हासिल गरेको छ र सामाजिक सञ्जालमा भाइरल भएको छ।
- अर्को स्थानमा ‘बाटो भीरको’ र ‘माया म’ गीतहरू रहेका छन्, जसले दर्शकको मन जितेका छन्।
काठमाडौं । युट्युबको नेपाल ट्रेन्डिङमा पछिल्लो साता विभिन्न जनराका गीतको उपस्थिती छ । विभिन्न दर्शकको समूहलाई लक्षित गरिएका गीतमध्ये केहीको कम्पोज आकर्षक छ भने केही भाइरल बनिरहेका छन् ।
३ साता अघि रिलिज भएको स्वप्न सुमनको गीत ‘राधा’ संगीत खण्डतर्फको शीर्षस्थानमा ट्रेन्डिङमा छ । टंक पौडेल, ज्योत्सना योगी र स्वप्न स्वयमको शब्द, स्वप्नकै संगीत र स्वर छ ।
गायनमा स्वप्नलाई अभिज्ञा घिमिरेले साथ दिएकी छन् । टिकटकजस्ता सामाजिक सञ्जालमा यो गीतमा धेरैले भिडियो बनाएका छन् । समाचार लेख्दासम्म यो गीतलाई ८० लाख भन्दा बढी पटक हेरिएको छ ।
ट्रेन्डिङको दोस्रो स्थानमा, सूर्य खड्का र निशा केसीको स्वरु रहेको ‘बाटो भीरको’ छ । मर्मस्पर्शी यो गीतमा शिव अखेलीको शब्द, संगीत छ । भिडियोमा स्मरिका ढकाल फिचर्ड छिन् । ६ दिनअघि रिलिज भएको गीतलाई ६ लाख पटक हेरिएको छ ।
पूर्ण राईको शब्द, संगीत र स्वर रहेको गीत ‘माया म’ ट्रेन्डिङको तेस्रो स्थानमा छ । तीन साता अघि रिलिज भएको यो गीतमा समर्पण लामा र परिक्षा लिम्बुको अभिनय छ । गीतलाई अहिलेसम्म ३० लाख भन्दा धेरै पटक हेरिएको छ ।
विशाल सोनीको एक महिनाअघि रिलिज भएको गीत ‘मकै बारी दर्याम दर्याम’ चौथो स्थानमा छ । सामाजिक सञ्जालमा भाइरल यो गीतमा विशालकै शब्द र स्वर छ भने सन्दीप सेन्चुरीको संगीत छ । गायनमा विशाललाई सुष्मा शाही ठकुरीले साथ दिएकी छन् । युट्युबमा यो गीतलाई १ करोड ४० लाख पटक हेरिएको छ ।
पाँचौमा सुशान्त केसीको चर्चित नेपाली गीत ‘बार्दली’को हिन्दी संस्करण ‘उफ’ छ । तीन साता अघि टि-सिरिज युट्युब च्यालनबाट रिलिज गरिएको यो गीतलाई अहिलेसम्म ८० लाख भन्दा धेरै पटक हेरिएको छ ।
प्रदर्शनरत फिल्म ‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ छैटौं स्थानमा छ । हर्क साउदको शब्द रहेको गीतमा सुजन चापागाईंको स्वर र संगीत छ । गायनमा सलिना विकले साथ दिएकी छन् । २ साताअघि रिलिज भएको गीतलाई अहिले सम्म ८ लाखभन्दा धेरै पटक हेरिएको छ ।
सातौं स्थानमा प्रदर्शन तयारीमा रहेको बलिउड फिल्म ‘हाउसफुल ५’ को गीत ‘लाल परि’ छ । यो गीतमा शब्द, संगीत र स्वर यो यो हनी सिंहको छ । सञ्जु राठौरको मराठी गीत ’शाकी’ आठौं स्थानमा छ ।
सज्जनराज वैद्यको आठ दिनअघि रिलिज भएको गीत ‘वसन्त’ नवौं स्थानमा छ । वैद्यकै शब्द, संगीत र स्वर रहेको यो गीतलाई अहिले सम्म ५ लाख भन्दा धेरै पटक हेरिएको छ । दशौं स्थानमा यङ वेभको गीत ‘वासअप’ छ । ८ दिन अघि रिलिज यो गीतलाई अहिलेसम्म २ लाख भन्दा धेरै पटक हेरिएको छ ।
प्रतिक्रिया 4