
News Summary
Generated by OK AI. Editorially reviewed.- होटल संघ नेपाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्मान गरेको छ ।
- हानले रोजगारी सिर्जनामा भूमिका निर्वाह गरी तालिम सञ्चालन गरेको भन्दै मन्त्रालयले सम्मान गरेको हो ।
११ जेठ, काठमाडौं । होटल संघ नेपाल (हान) लाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्मान गरेको छ ।
काठमाडौंमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ सह-आयोजकका रूपमा हान सम्मानित भएको हो । हानलाई श्रममन्त्री शरतसिंह भण्डारीले कदरपत्र सहित राष्ट्रिय सम्मेलनको प्रतीक चिह्नबाट सम्मानित गरे ।
हानले रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरी स्वदेशमै रोजगारीका लागि अभिप्रेरित गर्ने खालका विभिन्न क्षमता अभिवृद्धि तालिम तथा सिक्दै कमाउँदै २४ महिने तालिम सञ्चालन गरी उक्त रोजगार मेलालाई टेवा पुुर्याए बापत कदरपत्रले सम्मान गरिएको हान अध्यक्ष विनायक शाहले बताए ।
अध्यक्ष शाहले हालै श्रम मन्त्रालय अन्तर्गत राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा होटल उद्योगमा प्राविधिक क्षेत्रमा के कस्ता तालिम आवश्यक छ त्यसको निश्चित गरी पाठ्यक्रम तयार गर्दै तालिम आयोजना गरिने बताए ।
उनले आन्तरिक रोजगारी अभिवृद्धिमा हानले आफ्ना देशभरि छरिएर रहेका होटल प्रतिष्ठान मार्फत उल्लेखनीय रोजगारी सिर्जना गर्न सक्ने पनि बताए ।
प्रतिक्रिया 4