+
+
Shares
तीनकुने घटना :

धवल शमशेरको बयान : गणतन्त्र समाप्त पार्ने आजको दिन भनेर आवेशमा बोलेको हुँ

राप्रपाका महामन्त्री तथा सांसद धवलशमशेर राणाविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १९:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं जिल्ला अदालतले राप्रपाका महामन्त्री तथा सांसद धवलशमशेर राणाविरुद्ध चार कसुरमा मुद्दा दायर गरेको छ।
  • उनीविरुद्ध राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुर आरोप लागेको हो।
  • राणाले आफूलाई लागेको आरोपको खण्डन गर्दै प्रदर्शनको आयोजक दुर्गा प्रसाईं रहेको र आफू अतिथि मात्र भएको दाबी गरे।}

११ जेठ, काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका आरोपित राप्रपाका महामन्त्री तथा सांसद धवल शमशेर राणाविरुद्ध ४ कसुरमा मुद्दा दायर भएको छ ।

उनीविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीसहितका व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो ।

१५ चैत २०८१ राजसंस्था पक्षधरहरूले तीनकुने क्षेत्रमा प्रदर्शन गरेका थिए । हिंसात्मक प्रदर्शनको राति नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राणालाई पक्राउ गरेको थियो । ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचाररत प्रदर्शनका घाइते भेटेर फर्केने क्रममा उनी पक्राउ परेका थिए ।

लामो समय हिरासतमा रहेका उनलाई उपचारका लागि भन्दै सरकारी वकिलको राय लिएर प्रहरीले छाडेको थियो । अहिले हिरासत बाहिर रहेका राणाविरुद्ध मुद्दा गरिएको हो ।

उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै बयान दिएका छन् । उनले पनि उक्त प्रदर्शनको आयोजक दुर्गा प्रसाईं रहेको र आफू अतिथि मात्रै रहेको दाबी गरेका छन् । यो कार्यक्रमको व्यवस्थापनदेखि खर्चमा पनि आफ्नो संलग्नता नरहेको दाबी उनले गरेका छन् ।

उक्त दिन अतिथिका रूपमा तीनकुनेमा आफू गएको उनले बताएका छन् । कार्यक्रम सुरु हुन नपाउँदै मञ्चमा अश्रुग्यास प्रहार भएको उनको भनाइ छ ।

अश्रु ग्यासका कारण रेस्टुरेन्टभित्र दुई घण्टा बिताएको राणाले बताएका छन् । ‘हामी अगाडि बढ्ने हो, प्रहरीसित डराउने होइन । यो संघीयता र गणतन्त्र समाप्त पार्ने आजको दिन हो’ भन्ने अभिव्यक्ति दिने व्यक्ति भने आफू नै रहेको उनले स्वीकार गरेका छन् । यो कुरा आवेशमा आएर बोलेको उनले बताएका छन् ।

आफूले निषेधित क्षेत्र तोड्न कुनै अभिव्यक्ति नदिएको दाबी उनको छ । अशान्त भएको अवस्थामा समेत आफूले ढुंगामुढा नगर्न भनको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?