
News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा को संसदीय दलको बैठक १२ जेठ काठमाडौंमा सुरु भयो।
- बैठकमा गृहमन्त्री रमेश लेखमाथि भिजिट भिसा प्रकरण र पार्टीको आगामी भूमिका छलफल हुने बताइएको छ।
- भोलि दिउँसो संसद् बैठक बस्नेछ र त्यसअघि पार्टी धारणा तय गर्न बैठक आयोजना गरिएको हो।
१२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको सांसद मनीष झाले जानकारी दिए ।
संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको संयोजकत्वमा बैठक बसेको हो ।
झाका अनुसार, आजको बैठकमा गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा उठेका प्रश्न, पार्टीले आगामी दिनमा संसद्मा निभाउनुपर्ने भूमिका लगायतका विषयमा छलफल हुने रास्वपाले बताएको छ ।
भोलि दिउँसो संसद् बैठक बस्दैछ । त्यसको पूर्वसन्ध्यामा रास्वपाले आफ्नो पार्टीका धारणा तय गर्नका लागि संसदीय दलको बैठक राखेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4