+
+
Shares

सेयर कारोबारमा पूँजीगत लाभकर १० प्रतिशत पुर्‍याउने तयारी

सरकारलाई आम्दानी बढाउन दबाब परेका कारण सेयर कारोबारमा पूँजीगत लाभकर बढाउने तयारी भएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो ।

भुवन पौडेल भुवन पौडेल
२०८२ जेठ १२ गते १७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर १० प्रतिशत पुर्‍याउने तयारी गरेको छ।
  • आन्तरिक राजस्व विभागको प्रस्तावमा पूँजीगत लाभकर अल्पकालीन र दीर्घकालीनका लागि फरक हुन सक्ने सम्भावना रहेको छ।
  • सरकारले कर दर वृद्धि गरी राजस्व संकलन बढाउने र पूँजीगत लाभकर दोहोरो अंकमा पुर्‍याउने योजना बनाएको छ।

१२ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर बढाउने तयारी गरेको छ । सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर दोहोरो अंकमा पुर्‍याउने तयारी भएको हो ।

सरकारलाई आम्दानी बढाउन दबाब परेका कारण पूँजीगत लाभकर बढाउने तयारी भएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो । ‘आगामी आर्थिक वर्षदेखि घरजग्गा र सेयर कारोबारीले तिर्नुपर्ने पूँजीगत लाभकर १० प्रतिशत पुर्‍याउने तयारी छ,’ स्रोतले भन्यो, ‘अल्पकालीन र दीर्घकालीन सबै लगानीकर्ताका लागि एउटै दर कायम राख्नेबारे छलफल भएको छ।’

हाल एक वर्षभन्दा बढी होल्ड गर्नेले ५ प्रतिशत र त्यसभन्दा कम होल्ड गर्नेले नाफामा साढे ७ प्रतिशत कर तिर्दै आएका छन् ।

आन्तरिक राजस्व विभागको उक्त प्रस्तावमाथि छलफल भइरहेकाले अन्तिम समयमा पूँजीगत लाभकर अल्पकालीन र दीर्घकालीनलाई फरक हुन सक्ने सम्भावना पनि रहेको स्रोतको भनाइ छ । त्यसो भए अल्पकालीन लगानीकर्तालाई १० र दीर्घकालीनलाई ७.५ प्रतिशत हुनसक्ने छ ।

स्रोतका अनुसार पूँजीगत लाभकर नै सेयर कारोबारमा अन्तिम हुनेगरी व्याख्या गर्ने तयारी पनि गरिएको छ । बजेट तयारी भइरहँदा सरकारले नयाँ राजस्वका क्षेत्र खोज्नुभन्दा पनि उठाउँदै आएका करका शीर्षकमा दर वृद्धि गरी आम्दानी बढाउन खोजेको देखिन्छ ।

सरकारले न्यून स्रोत संकलनका कारण अन्तरिक ऋणलाई पनि चालु खर्चका लागि परिचालन गरेको छ । त्यसले गर्दा राजस्व बढाउन सरकारलाई दबाब छ ।

हाल एक वर्षभन्दा बढी होल्ड गर्नेले ५ प्रतिशत र त्यसभन्दा कम होल्ड गर्नेले नाफामा साढे ७ प्रतिशत कर तिर्दै आएका छन् ।

लगानीकर्ताले भने अहिले सेयर बजारमा लाग्दै आएको पूँजीगत लाभकर नबढाइ हालकै दरलाई अन्तिम भनेर व्याख्या गर्नुपर्ने माग राख्दै आएका छन् ।

फाइल तस्वीरः ब्रोकर कार्यालयमा लगानीकर्ता ।

गत वर्ष विद्याधर मल्लिकको अध्यक्षतामा गठित कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले व्यक्तिले गर्ने सेयर कारोबारको नाफामा आयकर ऐन अनुसार कर लगाउन सिफारिस गरेको थियो । यसअनुसार अधिक नाफा कमाउनेले ३९ प्रतिशतसम्म कर तिर्नुपर्ने हुन्छ ।

सेयर कारोबारमा व्यक्तिले हाल तिर्दै आएको पूँजीगत लाभकर समेत बढाउन समितिले सुझाव दिएको थियो ।

आयोगको प्रतिवेदनले एक वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेलाई पूँजीगत लाभकर १० प्रतिशत कायम गर्न र एक वर्षभन्दा बढी अवधि होल्ड गर्नेलाई ७.५ प्रतिशत कायम गर्न सुझाव दिएको थियो ।

हाल एक वर्षभन्दा बढी होल्ड गर्नेले ५ प्रतिशत र त्यसभन्दा कम होल्ड गर्नेले नाफामा साढे ७ प्रतिशत कर तिर्दै आएका छन् । त्यसैगरी नेपाल स्टक एक्सचेन्जमा सुचिकृत नभएको सेयरमा लाभ भएको खण्डमा १० प्रतिशत पुँजीगत लाभ कर तिर्नु पर्छ ।

सरकारले यसलाई पनि बढाउने सम्भावना रहेको अर्थमन्त्रलय स्रोतको भनाइ छ । सरकारले पनि सोही आयोगको सुझावलाई देखाउदै पूँजीगत लाभ कर दोहोरो अंकमा पुर्‍याउन लागेको हो ।

लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?