+
+
Shares

जनता सडकमा आए गणतन्त्र एकै दिनमा समाप्त हुन्छ : राजेन्द्र लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १२ गते १७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौं जनता सडकमा आए एकैदिनमा गणतन्त्र समाप्त हुने बताएका छन्।
  • उनले भद्र अवज्ञा, सत्याग्रह र शान्तिपूर्ण आन्दोलनबाट वर्तमान व्यवस्थालाई हटाउने दाबी गरे।
  • लिङ्देनले वर्तमान व्यवस्थाप्रति जनतामा असन्तुष्टि रहेको र परिवर्तन आवश्यक रहेको बताए।

१२ जेठ, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौं जनता सडकमा आए एकैदिनमा गणतन्त्र समाप्त हुने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित युवासँग राप्रपा कार्यक्रममा लिङ्देनले भारतमा १९० वर्ष पुरानो ब्रिटिस शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य भएको उदाहरण दिदै दुई दशक नपुगेको गणतन्त्र लाखौं जनता सडकमा आए एकै दिनमा समाप्त हुने बताए ।

उनले भद्र अवज्ञा, सत्याग्रह र शान्तिपूर्ण आन्दोलनबाट अहिलेको व्यवस्थालाई हटाएर छाड्ने उनले दाबी गरे ।

अध्यक्ष लिङदेनले अहिलेको व्यवस्थाप्रति जनतामा चरम असन्तुष्टि रहेको भन्दै यहि अवस्था रहे बर्षौसम्म पनि अनुभूति हुने गरीको परिवर्तन महशसु गर्न नपाउने धारणा राखे ।

उनले देश बिग्रिए केपी ओली, शेर बहादुर देउवा वा प्रचण्डको केहि नबिग्रने तर युवाहरु भविष्य भने बिग्रने भएकाले युवाहरु नै सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

अध्यक्ष लिङ्दनेले अहिलेका दलबाट देश थप जटिल अवस्थामा पुग्ने भएकाले समयमा नै व्यवस्था परिवर्तन गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?