+
+
Shares

एमाले र सीपीसीसँगको सम्बन्धलाई नवीनता दिन ल्युसँगको भेटवार्ता महत्त्वपूर्ण : थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १२ गते १८:३९
चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यु च्यानशाओसँग पूर्वराष्ट्रपति विद्या भण्डारी सम्मिलित नेपाली टोलीको भेटवार्ता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्ण थापाले चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यु च्यानशाओसँग भेटलाई महत्त्वपूर्ण बताए।
  • थापाले नेपाल-चीन सम्बन्ध र नेकपा एमाले र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धलाई नवीनता दिने दृष्टिकोणले भेट भएको उल्लेख गरे।
  • ल्युले चीनले मित्रहरूसँग सदैव उदार रहेको र दुई पक्षीय सम्बन्धबारे चर्चा गरेको बताए।

१२ जेठ, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यु च्यानशाओसँग पूर्वराष्ट्रपति विद्या भण्डारीको भेटवार्ता महत्त्वपूर्ण भएको बताएका छन् ।

पूर्वराष्ट्रपति भण्डारीको भ्रमण दलमा रहेका नेता थापाले चीन र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धलाई नवीनता दिने दृष्टिकोणले यो भेट महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

उक्त भेटको तस्वीर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘छलफल नेपाल चीन सम्बन्ध तथा नेकपा एमाले र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)बीचको लामो सम्बन्धलाई नवीनता दिने दृष्टिकोणले निकै महत्त्वपूर्ण रह्यो ।’

४२ देशका राजनीतिज्ञ, कूटनीतिक क्षेत्रका विज्ञहरूबीच भएको संवाद एशियाली देशको एकता र विकासका लागि महत्त्वपूर्ण रहेको उनले बताएका छन् ।

ल्युले भण्डारीसहित पाहुनाको स्वागतमा बोल्दै चीनले ती पार्टीहरूसँग राखेको दुई पक्षीय सम्बन्धबारे चर्चा गरे ।

उनले चीन आफ्ना मित्रहरूसँग सदैव उदार रहेको भन्दै कम्युनिस्ट पार्टीले त्यही नीति अनुशरण गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?