+
+
Shares

प्रतिनिधि सभा बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने   

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते ७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि सभा बैठक आज बिहान ११ बजे काठमाडौंमा बस्दैछ।
  • बैठकमा आर्थिक सर्वेक्षण र विभिन्न विधेयकहरू छलफल हुनेछन्।
  • गृहमन्त्री रमेश लेखरमाथि नै प्रश्न उठेको \'भिजिटि भिसा\' प्रकरणले संसदमा चर्चा पाउनेछ।

१३ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठक आज बिहान ११ बजे बस्दैछ । आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ को आर्थिक सर्वेक्षण पेस गर्ने छन् ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूचीसमेत रहेको छ ।

साथै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् ।

आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

पछिल्लोपटक गृहमन्त्री रमेश लेखकमाथि नै ‘भिजिटि भिसा’ प्रकरणमा प्रश्न उठेपछि आजको संसदमा प्रतिपक्षी दलहरू भने कडा रुपमा प्रस्तुत हुने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैठकबाट निर्णय नै गरेर बैठकको सुरुमै कडा रुपमा प्रस्तुत हुने बताएको छ । उसले संसदमा आफूहरूलाई साथ दिन माओवादी केन्द्र र राप्रपाका सांसदलाई पनि आह्वान गरेको छ ।

भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्री लेखकमाथि पनि प्रश्न उठेको छ । यो विषयले आज संसदमा प्रवेश पाउने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?