+
+
Shares

विपक्षीले मागे गृहमन्त्रीको राजीनामा

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले राजीनामा मागेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते ११:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसद्को प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागे।
  • विपक्षी सांसदहरूले मानव तस्करीको विषयमा निष्पक्ष छानबिन गर्न राजीनामा आवश्यक भएको बताए।
  • सभामुखले विपक्षी सांसदहरूलाई बोल्न दिएर बैठक अघि बढाउने प्रयास गरे।

१३ जेठ, काठमाडौं । संसद्का विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले राजीनामा मागेका हुन् ।

सभामुख देवराज घिमिरेले बैठकको आजको कारबाही प्रारम्भ हुन्छ भनेबित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका थिए । त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दलका सांसद वर्षमान पुनलाई बोल्न दिएका थिए ।

पुनले सञ्चारमाध्यममा मात्र नभई घरघरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौं असुलेर मानव तस्करी गरिएको विषयको चर्चा भइरहेको बताए ।

उनले यो प्रकरणको निष्पक्ष छानबिनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न गृहमन्त्रीलाई आग्रह गरे । राजीनामा नदिएसम्म संसद् बैठक अघि बढ्न नसक्ने उनको भनाइ थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि गृहमन्त्रीमाथि गम्भीर आरोप लागेकाले मार्ग प्रशस्त गर्न आग्रह गरे । उनले गृहमन्त्री पदमै रहेका बेला निष्पक्ष छानबिन हुन नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?