
१३ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३४ जना सहायक निर्देशकको पदपूर्ति गर्ने भएको छ ।
खुला प्रतिस्पर्धाको लिखित परीक्षा भई ४९ जना अन्तर्वार्ताका लागि छनोट भएका छन् ।
केन्द्रीय बैंकका अनुसार अधिकृत तृतीय श्रेणीमा प्रशासन सेवाको खुला प्रतियोगिता मार्फत नियुक्त कर्मचारी पदपूर्ति गर्न लागेको हो । उक्त प्रतिस्पर्धाको लिखित परीक्षा १८, १९ र २० पुस २०८१ मा भएको थियो ।
लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारलाई केन्द्रीय बैंकले २४ र २५ जेठमा अन्तर्वार्तामा बोलाइएको केन्द्रीय बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4