+
+
Shares

प्रधानमन्त्री समक्ष सतर्कता केन्द्रले बुझायो प्रतिवेदन

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासको मुख्य कार्यभार लिएर वर्तमान सरकार बनेकाले ती काममा केन्द्रले आफ्नो तर्फबाट प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन प्रधानमन्त्री ओलीलाई बुझाएको छ।
  • प्रधानमन्त्री ओलीले केन्द्रलाई सुशासन र विकासमा प्रभावकारी काम गर्न निर्देशन दिए।
  • प्रतिवेदनले भ्रष्टाचार अन्त्य र सुशासन कायमका लागि केन्द्रले नियमन र अनुगमन गर्दै आएको जानकारी दिएको छ।

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको कार्यक्रममा केन्द्रका सचिव सरजुकुमार वैद्यले उक्त प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासको मुख्य कार्यभार लिएर वर्तमान सरकार बनेकाले ती काममा केन्द्रले आफ्नो तर्फबाट प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेकाले नियमित रिपोर्टिङ गर्ने र निर्देशन लिने सवालमा केन्द्र अझ सक्रिय हुनुपर्नेमा जोड दिँदै भ्रष्टाचार विकास र सुशासनको शत्रु भएकाले यसको नियन्त्रणका लागि सबैको साझा प्रयास हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालसहित उच्च तहका अधिकारी सहभागी थिए ।

प्रतिवेदनमा १६औं योजनाको लक्ष्य अनुसार भ्रष्टाचार अन्त्य र सुशासन कायमका लागि केन्द्रले सार्वजनिक निकायबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन र अनुगमन, छड्के जाँच आदि कार्य गर्दै आएको छ ।

अनुगमनका क्रममा कुनै अनियमितता भेटिएमा केन्द्रले कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने गर्दछ । सुशासन कायमका लागि २०५९ साउन २७ गते प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेखमा सो केन्द्र स्थापना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?