+
+
Shares

योजना आयोग उपाध्यक्ष र राष्ट्र बैंक गभर्नरबीच भेटवार्ता

योजना आयोगमा भएको भेटमा दुवैबीच वित्त नीति र मौद्रिक नीतिको अन्तरसम्बन्ध र स्वतन्त्रताबारे छलफल भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ ।
  • उनीहरूले अर्थतन्त्रलाई कोभिड–१९ पूर्वको अवस्थामा लैजान र दिगो आर्थिक वृद्धि हासिल गर्न सहमति जनाए।

१३ जेठ, काठमाडौं । राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ ।

मंगलबार सिंहदरबारस्थित योजना आयोगमा भएको भेटमा दुवैबीच वित्त नीति र मौद्रिक नीतिको अन्तरसम्बन्ध र स्वतन्त्रताबारे छलफल भएको जनाइएको छ ।

दुई नीति सँगसँगै कार्यान्वयनमा लैजाने, कार्यान्वयनमा एकअर्कामा सहजीकरण गर्नेबारे पनि छलफल भएको छ । उनीहरूले अर्थतन्त्रलाई कोभिड–१९ पूर्वको अवस्थामा लैजाने र योजनाले लक्षित गरे अनुसार उच्च दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।

छलफलमा आयोग उपाध्यक्ष अधिकारीले वित्तीय हस्तान्तरण, आयोजना पुनः प्राथमिकीकरण, आयोजना बैंकको प्रभावकारी कार्यान्वयन तथा मध्यमकालीन खर्च संरचना लगायत विषयमा राष्ट्रिय योजना आयोगबाट भए/गरेका सुधारका कामबारे जानकारी गराएका थिए ।

राष्ट्र बैंक गभर्नर पौडेलले पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षण गर्दै लगानीको वातावरण सिर्जना गर्न राष्ट्र बैंकले त्यस सम्बन्धमा सहजीकरण गर्ने बताए । यस्ता विषयमा बेलाबेला थप छलफल गर्नेबारे पनि उनीहरूबीच कुराकानी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?