News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइटको निर्माण कार्य जारी छ।
- निर्माण कार्य फागुनदेखि सुरु भएको भए पनि समयमा सकिन नसकेको र थप दुई महिना समय थपिएको बताइएको छ।
- प्यारापिटको ६५ प्रतिशत काम सम्पन्न भएको र तीनवटा फ्लडलाइटको बेस तयार भइसकेको छ।
१३ जेठ, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गत फागुनदेखि प्यारापिट र फ्लडलाइट निर्माणको काम भइरहेको छ ।
फागुन २० देखि सुरु भएको निर्माण कार्य वैशाख २४ गतेभित्रै सक्ने भनिएपनि समयमा सम्पन्न हुन सकेको थिएन । अहिले फेरि २ महिना समय थप गरेर निर्माण कार्य तीव्रताका साथ भइरहेको छ ।
प्यारापिट निर्माणमा ६५ प्रतिशत प्रगति भइसकेको छ । ६ वटा फ्लडलाइटमध्ये ३ वटाको बेस तयार भइसकेको छ ।
अन्य केकस्तो प्रगति भइरहेको छ त ? तस्वीरमा हेरौं ।
प्रतिक्रिया 4