
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- अरुण–३ जलविद्युत् परियोजनाको व्यावसायिक उत्पादन मिति पर सार्ने प्रयोजनका लागि समिति गठन हुने भएको छ ।
- ९ सय मेगावाट क्षमताको अरुण–३ आयोजनाको निर्माण सक्ने अवधि मार्च २०२५ थियो ।
१३ जेठ, काठमाडौं । अरुण–३ जलविद्युत् परियोजनाको व्यावसायिक उत्पादन मिति पर सार्ने प्रयोजनका लागि समिति गठन हुने भएको छ ।
मंगलबार बसेको लगानी बोर्ड बैठकले यो परियोजनाको परियोजना विकास सम्झौता प्रावधान अनुसार ‘प्रोजेक्ट रिभ्यु प्यानल’ गठन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
९ सय मेगावाट क्षमताको अरुण–३ आयोजनाको निर्माण सक्ने अवधि मार्च २०२५ थियो । यो अवधिमा आयोजनाको काम नसकिएपछि सतलज जलविद्युत् निगमले समय बढाउन माग गरेको छ ।
यो समय थप गर्ने प्रयोजनका लागि यस्तो प्यानल गठन गर्न बोर्डले सरकार समक्ष सिफारिस गरेको हो । यसै समितिले दिएको सिफारिसका आधारमा बोर्डले उत्पादन मिति थप गर्ने निर्णय लिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4