+
+
Shares

संसद्‌भित्र गृहमन्त्री लेखकको बेचैनी (तस्वीरहरू)

बैठक स्थगित रहेकाले अधिकांश सांसद बैठककक्षबाट बाहिर निस्किए पनि गृहमन्त्री आफ्नो कुर्सीमा लामो समय बसिरहे ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ जेठ १४ गते १५:०२

१४ जेठ, काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोड्दै प्रतिपक्षी दलहरूले लगातार राजीनामा मागेपछि गृहमन्त्री रमेश लेखक दबाबमा छन् ।

उनले राजीनामा नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले बुधबार दोस्रो दिन पनि संसद् अवरोध गरेका छन् ।

विपक्षी सांसदहरूले आफ्नो स्थानबाट लगातार सदनमा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बेठक स्थगित गरेर सत्ता र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।

बैठक स्थगित रहेकाले अधिकांश सांसद बैठक कक्षबाट बाहिर निस्किए पनि गृहमन्त्री आफ्नो कुर्सीमा लामो समय बसिरहे ।

सदनमा सम्बोधन गर्न समय मागे पनि दोस्रो दिन पनि अवरोधको सामना गर्नु परेपछि गृहमन्त्री लेखक निराश मात्र देखिएका छैनन्, बेचैन पनि देखिन्छन् ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?