+
+
Shares

आज विगतका उतारचढावको सम्झना आइरहेको छ : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १२:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गणतन्त्र दिवसको अवसरमा विगतका उतारचढावको सम्झना गरे।
  • उहाँले कम्युनिष्ट पार्टीभित्रै दृष्टिकोण नभएका र समयअनुसार नचल्नेहरू रहेको बताए।
  • उहाँले वर्तमान समस्यालाई वस्तुनिष्ट तरिकाले विश्लेषण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो।

१५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गणतन्त्र दिवसको दिनमा विगतका अनेक उतारचढावको सम्झना आइरहेको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘आज गणतन्त्र दिवस मनाइरहेको बेलामा विगतका अनेक उतारचढावको सम्झना भइरहेको छ,’ अध्यक्ष नेपालले भने, ‘सानो दुःखले आर्जेको मुलुक यो होइन भनेजस्तै सानो प्रयासले नेपालमा गणतन्त्र आएको होइन । यो राम्ररी सम्झना गर्नुपर्ने आवश्यकता छ ।’

साथै, उनले कम्युनिष्ट पार्टीभित्रै आँट र दृष्टिकोण नभएकाहरू पनि रहेको जिकिर गरे ।

‘कम्युनिस्ट पार्टीभित्रै पनि आँट, दृष्टिकोण नभएका पनि हुन्छन् । समय अनुसा चल्न नजान्नेहरू पनि हुन्छन्,’ अध्यक्ष नेपालले भने, ‘समयको प्रवाहलाई जसले बुझ्न सक्दैन, त्यस अनुसार अघि बढ्ने आँट गर्दैन, उसमा तपाईं आत्मविश्वास पाउनुहुँदैन ।’

उनले निराशाको शिकार कोही पनि हुन नहुने पनि बताए ।

‘निराशाको शिकार हुन हुँदैन । अरुलाई पनि निराश बनाइरहेको हुन्छ । तत्कालीन नेकपा एमालेभित्र जस्ता विचार प्रवृत्ति देखा परेका थिए,’ उनले भने, ‘त्यसको विरुद्धमा हामी दृढताका साथ लाग्यौं । चुनौतीको सामना गर्ने, अवसलाई सदुपयोग गरेर अघि बढ्ने आँट गर्छ त्यसले इतिहासमा आफ्नो भूमिका निर्वाह गर्न सक्छ ।’

उनले अहिले आफूहरूको अगाडि भएका समस्यालाई वस्तुनिष्ट तरिकाबाट अघि बढ्न आवश्यक रहेको जिकिर गरे ।

‘अहिलेका समस्याहरू हाम्रा सामु के के हुन् ? त्यसको बारेमा हामी वस्तुनिष्ट तरिकाले अघि बढ्न सक्छ । हामी वस्तुनिष्ट ढंगबाट विश्लेषण गर्छौं, गलतलाई गलत र सहीलाई सही भन्छौं,’ अध्यक्ष नेपालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?