+
+
Shares

पूर्वराजालाई नेपालको सुझावः शासनमा फर्कन चुनावबाहेक अर्को बाटो छैन

पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिँदै नेपालले भने- ‘चुनावी प्रक्रियामा गएर जनताको मन जितेर आए हुन्छ । प्रधानमन्त्री बने पनि हुन्छ,’ उनले भने, ‘ज्ञानेन्द्र शाह शासनमा फर्कने अर्को बाटो छैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १३:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावमा जितेर शासनमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।
  • उनले गणतन्त्रबाट अब फर्किन नसकिने भन्दै वंशपरम्परामा फर्कन असम्भव रहेको बताए।
  • अध्यक्ष नेपालले नेपाली जनताको संघर्षले गणतन्त्र स्थापना भएको भन्दै यसलाई उल्टाउन सकिँदैन भनी उल्लेख गरे।

१५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी प्रतिस्पर्धाबाट जनताको मत जितेर शासनमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।

गणतन्त्र दिवसको अवसरमा एकीकृत समाजवादीले बिहीबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले जनताले फालेको राजतन्त्र अब फर्कन नसक्ने बताए ।

‘चुनावी प्रक्रियामा गएर जनताको मन जितेर आए हुन्छ । प्रधानमन्त्री बने पनि हुन्छ,’ उनले भने, ‘ज्ञानेन्द्र शाह शासनमा फर्कने अर्को बाटो छैन ।’

पूर्वप्रधानमन्त्री नेपालले मुलुक अब वंश परम्परामा फर्कन पनि नसक्ने बताए । इतिहासको पाङ्ग्रा पछाडि धकेल्न सम्भव नभएको चर्चा गर्दै उनले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र होइन । बाबु भएन भने छोरा, छोरा भएन भने नाति, अब कुनै दिन पनाति जन्माएर त्यसलाई राजा बनाइदिऊ भन्ने कुरा आउँला । हामीलाई वंशको शासन चालिएको छैन ।’

लामो संघर्ष र बलिदानबाट नेपाली जनता पूर्ण रूपमा सार्वभौमसत्ता सम्पन्न बनिसकेकाले अब पूर्वराजाले राजतन्त्र फर्कने सपना देखिरहन आवश्यक नभएको बताए ।‘

नेपाली जनताको अदम्य साहसबाट मुलुकमा गणतन्त्र आएको हो । हामी नेतृत्वमा रहेकाहरूले अग्रगामी भूमिका खेलेर, अन्तिम समयसम्म दृढताका साथ उभिएर आम जनताको चाहना बमोजिम परिवर्तन ल्याएका हौं। त्यसैले अब यो परिवर्तन उल्टाउन सक्दैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?