+
+
Shares

शान्तिबाटिकाको दृश्य : वारि राजावादी, पारि एमाले, बीचमा प्रहरी

यतिखेर शान्तिबाटिक क्षेत्रको दृश्य हेर्ने हो भने वारि राजावादी, पारि एमाले र बीचमा बाक्लो संख्यामा प्रहरी रहेका छन् । सम्भावति दुर्घटनालाई मध्यनजर गर्दै दुवै पक्षलाई जम्काभेट हुन नदिने वातावरण प्रहरीले बनाएको हो ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ जेठ १५ गते १३:३१

१५ जेठ, काठमाडौं । काठमाडौंको विभिन्न स्थानबाट निस्किएको नेकपा एमालेको र्‍याली शान्तिबाटिका पुग्न थालेपछि त्यहाँ रहेका राजावादीहरूलाई प्रहरीले हटाएको छ ।

प्रहरीले रत्नपार्कमा भेला भएका राजावादी समर्थकलाई जमल तर्फ पठाइएको छ । सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै प्रहरीले राजावादी समर्थकहरूलाई जमलतर्फ पठाएको हो ।

यतिखेर शान्तिबाटिक क्षेत्रको दृश्य हेर्ने हो भने वारि राजावादी, पारि एमाले र बीचमा बाक्लो संख्यामा प्रहरी रहेका छन् । सम्भावति दुर्घटनालाई मध्यनजर गर्दै दुवै पक्षलाई जम्काभेट हुन नदिने वातावरण प्रहरीले बनाएको हो ।

प्रहरी प्रशासनले २ बजेपछि मात्रै राजावादी समर्थकहरूलाई शान्तिबाटिकामा प्रवेश दिने यसअघि नै बताइसकेको छ ।

एमालेले गणतन्त्र दिवसलाई उत्सवको रूपमा मनाउने भन्दै काठमाडौंका विभिन्न स्थानबाट उत्सव र्‍याली निकालेको छ । विभिन्न स्थानबाट निस्कने र्‍याली भृकुटीमण्डपमा भेला भएर शान्तिवाटिकमा पुगेर सभामा परिणत हुने एमालेले जनाएको छ ।

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?