+
+
Shares

जिम्मेवार प्रतिपक्ष भएकाले बजेट ल्याउन दिएका हौं : माओवादी केन्द्र

जेठ १५ मा बजेट ल्याउने भनी संविधानमै व्यवस्था गरिएकाले सदन चल्न दिएको विपक्षी दलहरूले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १४:०६
बिहीबारकाे बैठकमा विपक्षी दलको तर्फबाट आकस्मिक समय लिएर बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे । तस्वीर : अनलाइनखबर ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलले माओवादी केन्द्र जिम्मेवार प्रतिपक्षी भएकाले सदनको संघर्ष स्थगित गरेकाे बताएका छन्।
  • गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका थिए ।
  • बिहीबार भने बजेट प्रस्तुत गर्न दिन विपक्षी दलहरु तयार भएका हुन् ।

१५ जेठ, काठमाडौं । प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले जिम्मेवार प्रतिपक्षी भएकाले सदनमा जारी संघर्ष राखेर बजेट प्रस्तुत गर्न दिएको बताएको छ ।

माओवादी केन्द्र लगायत सबै विपक्षी दलले भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर मंगलबारदेखि सदन अवरुद्ध गरेका छन् ।

जेठ १५ मा बजेट ल्याउने भनी संविधानमै व्यवस्था गरिएकाले विपक्षी दलहरूले सदन चल्न दिएका हुन् ।

विपक्षी दलको तर्फबाट आकस्मिक समय लिएर बोलेका नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘संविधानको धारा १३ का तीनवटा उपधारामा जेठ १५ गते बजेट प्रस्तुत गर्नेसम्बन्धी व्यवस्था छन् । हामी विपक्षी दलहरू संविधानको कार्यान्वयनप्रति जिम्मेवार छौं । त्यसैले आज बजेट ल्याउन दिँदैछौं ।’

उनले विनियोजन विधेयक प्रस्तुत गर्नेबाहेक सदनका अन्य काममा अवरोध रहने पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?