
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष ४.६१ प्रतिशतले मुलुकको अर्थतन्त्र विस्तार हुने अनुमान व्यक्त गरे।
- सर्वेक्षण अनुसार, सबै प्रदेशहरूमा औसतभन्दा बढी आर्थिक वृद्धिदर देखिएको छ, बाहेक मधेश, कोशी र सुदूरपश्चिम।
- अर्थमन्त्रीले भने, चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब रुपैयाँ पुग्ने अपेक्षा छ।
१५ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष ४.६१ प्रतिशतले मुलुकको अर्थतन्त्र विस्तार हुने अनुमान सार्वजनिक भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाको बिहीबारको बैठकमा पेश गरेको आर्थिक सर्वेक्षणमा यस्तो उल्लेख छ ।
मुलुकको समग्र आर्थिक, सामाजिक एवम् भौतिक विकास स्थिति समेटिएको आर्थिक सर्वेक्षण प्रतिनिधिसभाको मंगलबारको बैठकमा पेश गर्ने सरकारको तयारी थियो । गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलले अवरोध गरेकाले पेश हुन सकेको थिएन ।
प्रदेशगत रूपमा मधेश, कोशी र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशतभन्दामाथि रहेको अर्थमन्त्रीले बताए ।
चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार बढेर ६१ खर्ब सात अर्ब रुपैयाँ पुग्ने अनुमान सर्वेक्षणमा उल्लेख गरिएको छ । यस अवधिमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.१ प्रतिशत रहने अनुमान छ ।
प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १५ सय १७ अमेरिकी डलर पुगेको र औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको अर्थमन्त्री पौडेलले बताए ।
प्रतिक्रिया 4