+
+
Shares

चालु आवमा सबै बाली उत्पादन बढ्ने

धान, गहुँ, मकै लगायत खाद्यान्न बाली उत्पादन २.६७ प्रतिशत तथा नगदेबाली उत्पादन २.०१ प्रतिशतले बढ्ने अनुमान छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १४:५१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्थिक सर्वेक्षणले चालु आर्थिक वर्ष २०८१/८२ मा सबै बाली उत्पादन सामान्य रूपमा बढ्ने अनुमान गरेको छ।
  • धान, गहुँ, मकै लगायत खाद्यान्न बाली २.६७ प्रतिशत र नगदेबाली २.०१ प्रतिशतले वृद्धि हुने अनुमान छ।
  • कुल बाली उत्पादनमा खाद्यान्न बालीको हिस्सा ४५.५२ प्रतिशत रहने अनुमान गरिएको छ।

१५ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा सबै बाली उत्पादन सामान्य बढ्ने अनुमान आर्थिक सर्वेक्षणले देखाएको छ ।

संसद्‍मा प्रस्तुत भएको चालु आवको आर्थिक सर्वेक्षण अनुसार बालीहरूको उत्पादन बढ्ने अनुमान सार्वजनिक भएको हो ।

धान, गहुँ, मकै लगायत खाद्यान्न बाली उत्पादन २.६७ प्रतिशत तथा नगदेबाली उत्पादन २.०१ प्रतिशतले बढ्ने अनुमान छ । यस्तै, औद्योगिक बाली उत्पादन ४.४२ प्रतिशत, दलहन बाली ३.२९, मसलाबाली ११.६४, फलफूल बाली ०.१७ र तरकारी उत्पादन ६.६८ प्रतिशतले वृद्धि हुने अनुमान छ ।

चालु आव धान उत्पादन ४.०४ प्रतिशतले वृद्धि भई जम्मा उत्पादन ५९ लाख ५५ हजार ४ सय ७६ टन पुगेको छ । चालु आव धानबालीको औसत उत्पादकत्व ५.३८ प्रतिशतले वृद्धि भई ४.१९ टन प्रतिहेक्टर पुगेको छ ।

कुल बाली उत्पादनमा खाद्यान्न हिस्सा ४५ प्रतिशत बढी

कृषि बाली उत्पादन र क्षेत्रफल दुवैमा खाद्यान्न बाली हिस्सा उच्च रहँदै आएको छ । चालु आव कुल बाली उत्पादनको परिमाणमा खाद्यान्न बालीको अंश ४५.५२ प्रतिशत, तरकारी १८.५९, नगदेबाली १५.१५, औद्योगिक बाली ११.४७ र फलफूल ५.९३ प्रतिशत रहने अनुमान छ ।

गत आव कुल बाली उत्पादन परिमाणमा खाद्यान्न बालीको अंश ४५.९ प्रतिशत, तरकारी १८.०४, नगदेबाली १५.३८, औद्योगिक बाली ११.३७ तथा फलफूल ६.१३ प्रतिशत रहेको थियो ।

चालु आव २०८१/८२ मा कृषि बाली लगाइएको क्षेत्रफलमध्ये खाद्यान्न बाली लगाइएको क्षेत्रफल ७०.९६ प्रतिशत रहने अनुमान छ । त्यसैगरी नगदेबाली ९.९८ प्रतिशत, तरकारी ६.९६ र दलहन बाली ५.६१ प्रतिशत रहने अनुमान छ ।

गत आव खाद्यान्न बाली लगाइएको क्षेत्रफल ७१.४८ प्रतिशत, नगदेबाली ९.७८, तरकारी ६.७७ र दलहन बाली ५.६१ प्रतिशत थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?