+
+
Shares

अफताब आलमलाई सफाइ दिने ‘बहादुर’ न्यायाधीशलाई जनताले विर्सने छैनन्ः नारायणकाजी श्रेष्ठ

श्रेष्ठले भनेका छन्, ‘कलंकको कालो टीका लगाएर कालो दिनमा परिणत गर्ने ‘बहादुर’ न्यायाधीशहरुलाई नेपाली जनताले कहिल्यै विर्सने छैनन् ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १६:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उच्च अदालत वीरगञ्जले कांग्रेस नेता मोहम्मद आफताव आलमलाई सफाइ दिएको निर्णयलाई असन्तुष्टि व्यक्त गरे।
  • श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यसलाई नेपालको न्यायालयको इतिहासमा कलंकको रुपमा बताए र कारवाहीको माग गरे।
  • आलमलाई जन्मकैदको सजाय काटिरहेको अवस्थामा उच्च अदालतले सफाइ दिएपछि उनी छुटिसकेका हुन्।

१५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले  कांग्रेस नेता मोहम्मद आफताव आलमलाई उच्च अदालत वीरगञ्ज इजलासले सफाइ दिएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले इँटाभट्टामा जिउँदो मानिस जलाएको अभियोग लागेका आलमसहितका व्यक्तिहरुलाई सफाइ दिँदै रिहा गर्न गरिएको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको समेत भनेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पूर्वगृहमन्त्री समेत रहेका श्रेष्ठले लेखेका छन्, ‘कलंकको कालो टीका लगाएर कालो दिनमा परिणत गर्ने ‘बहादुर’ न्यायाधीशहरुलाई नेपाली जनताले कहिल्यै विर्सने छैनन् ।’

त्यस्ता अपराधमा संलग्न व्यक्तिहरू समाजमा ‘निर्दोष’ बन्दै हिँड्ने स्थितिले समाजमा र आम नागरिकमा कस्तो कहाली लाग्दो स्थिति उत्पन्न गर्छ ? भन्दै उनले प्रश्न सोधेका छन् ।

श्रेष्ठले अगाडि भनेका छन्, ‘यसको जिम्मेवारी कसले लिने ? तसर्थ सबै क्षेत्रमा व्यापक कारवाही , रुपान्तरण र सुधारको निम्ति ठूलो जनअभियान सञ्चालन गर्नु जरुरी छ ।’

जिल्ला अदालतको आदेशका आधारमा जन्मकैदको सजाय काटिरहेका आलमलाई उच्च अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले सफाइ दिएको थियो । त्यसपछि उनी बुधबार नै छुटिसकेका छन् ।

२०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौटहटमा विस्फोट भएको थियो । कांग्रेस उम्मेद्वार आलमको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो । आलम लगायतमाथि त्यो घटनामा संलग्नहरूलाई ज्युँदै इँटाभट्टामा पोलेको आरोप थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?