+
+
Shares

समयअनुसार विद्युत् महसुल फरकफरक हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते २०:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसद्को संयुक्त सदनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युत् महसुल समय र खपतका आधारमा फरक हुने घोषणा गरे।
  • उहाँले ऊर्जा क्षेत्रको अनुसन्धान, विकास, निजी लगानी प्रोत्साहन र विद्युत् निर्यातका लागि पहल गर्ने बताए।
  • ऊर्जा सुरक्षाका लागि उत्पादन विविधकरण, जलस्रोतको डिजिटाइजेसन र जलायशयुक्त आयोजना प्राथमिकता दिने जानकारी दिए।

१५ जेठ, काठमाडौं । सरकारले विद्युत् उपभोगको समयका आधारमा ग्राहकले तिर्ने महसुल फरकफरक बनाउने घोषणा गरेको छ । विहीबार संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

‘औद्योगिक र ग्रार्हस्थ्य ग्राहकका लागि ऊर्जाको माग, खपत र समयका आधारमा विद्युत महसुल फरक फरक पारिनेछ,’ अर्थमन्त्री पौडेलले घोषणा गरे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई ८६ अर्ब १ करोड विनियोजन गरिएको पनि उनले जनाकारी दिए ।

ऊर्जा क्षेत्रको अनुसन्धान र विकासलाई प्राथमिकता दिइने, भूमिगत जलस्रोतको उपयोगलाई डिजिटाइजेसन गरिने, ऊर्जा सुरक्षाका लागि उत्पादन विविधकरण गरिने तथा जलायशयुक्त आयोजनालाई प्राथमिकता दिइने पनि उनले बताए ।

विद्युत्‌को उत्पादन, वितरण र प्रसारणमा निजी लगानीलाई प्रोत्साहन गर्ने पनि उनले बताए । विद्युत् निर्यात बढाउन कुटनीतिक पहल गर्ने पनि उनले बताए ।

ग्रीन हाइड्रोजनका लागि अध्ययन गरिने घोषणा पनि मन्त्री पौडेलले गरे ।

सौर्य र वायुऊर्जालाई प्रोत्साहित गर्न यस्तो विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोड्दा जलाशययुक्त बराबरको विद्युत खरिद दर दिइने पनि उनले बताए ।

अपर अरुण, सुनकोसी तीनलगायतको लगानी ढाँचा बनाइने, कर्णाली चिसापानीको लगानी ढाँचा, इन्जिनियरिङ डिजाइन सकिने पनि उनले बताए ।

जलविद्युत आयोजनाको सम्पन्न हुँदा बखत प्रसारण लाइन सम्पन्न हुने गरी योजना बनाउने पनि उनले घोषणा गरे । अब रन अफ द रिभर आयोजनाका लागि टेक एन्ड पेको नियम लगाइने पनि उनले बताए ।

कुनै उद्योगमा बिजुली जोड्न उद्योग आफैँले प्रसारण बनाए उनसले ह्विलिङ चार्ज बनाउने पनि उनले बताए ।

अन्तरदेशीय प्रसारणलाइनको निर्माण अघि बढाइने, कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन यसै वर्ष सम्पन्न गर्ने पनि उनले बताए ।

एलपी ग्यासलाई प्रतिस्थापन गरी विद्युतीय चुलोलाई प्रवद्र्धन गर्ने घोषणा पनि उनले गरे ।

रानीजनरा र कुलरिया र सुनकोसी मरिन डाइभर्सन आयोजनाबाट उत्पादन हुने विद्युतबाट हुने आम्दानी संघीय सञ्चित कोषमा जम्मा गरिने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?