 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सार्वजनिक संस्थानका पदाधिकारी तथा कर्मचारीलाई विदेश भ्रमणमा रोक लगाएको छ।
- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै खर्च व्यवस्थापन र लेखा परीक्षण नगरेकोमा रोक लगाएको बताए।
- सरकारले सरकारी लगानीमा रहेका उद्योगहरूलाई नवीन प्रविधि प्रयोग गरी सञ्चालन गर्ने योजना बनाएको छ।
१५ जेठ, काठमाडौं । सरकारले सार्वजनिक संस्थानका पदाधिकारी तथा कर्मचारीलाई संस्थानको खर्चमा विदेश भ्रमण जान रोक लगाएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै सञ्चालन खर्च धान्न नसकेका, अवकाश कोषको व्यवस्थापन नगरेका र अघिल्लो आर्थिक वर्षसम्मको लेखा परीक्षण नगरेका सार्वजनिक प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीलाई संस्थानको खर्चमा विदेश भ्रमण जान र आर्थिक दायित्व बढ्ने गरी सेवा सुविधा बढाउन रोक लगाइएको बताए ।
यस्तै सार्वजनिक संस्थानको सरकारी लगानी व्यवस्थापन गर्दा जमिनको स्वामित्व नेपाल सरकारमा नै कायम राखिने भएको छ । सरकारको स्वामित्वमा रहेका बन्द तथा रुग्ण उद्योगलाई नवीन प्रविधि प्रयोग गरी सञ्चालन तथा व्यवस्थापन गरिने छ ।
जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, बुटबल धागो कारखाना नेपाल मेटल उद्योग, नेपाल ओरियन्टल म्याग्नेसाइट कम्पनी, हेटौंडा सिमेन्ट उद्योग, उदयपुर सिमेन्ट उद्योग लगायतको सम्भाव्यता अध्ययन गरी सरकारी लगानी व्यवस्थापन मन्त्री पौडेलले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4