
News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाले गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा संलग्नता भएको प्रमाण संकलन गरेको दाबी गरेको छ।
- कार्यबाहक प्रवक्ता मनीष झाले आगामी संसद् बैठकमा प्रमाणहरू प्रस्तुत गर्ने जानकारी दिए।
- प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्बोधन नगरी बैठक सञ्चालन गर्न नहुने उनले बताएका छन्।
१५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्नता रहेको यथेष्ट प्रमाण आफूहरूसँग रहेको दाबी गरेको छ ।
साथै, पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाले गृहमन्त्रीविरुद्धका प्रमाणहरू आगामी संसद् बैठकमा प्रस्तुत गर्ने पनि जानकारी गराएका छन् ।
बिहीबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
‘गृहमन्त्रीज्यूको संलग्नताका यथष्ट प्रमाण संकलन गरेका छौं । जुन आगामी बैठकमा प्रस्तुत गर्नेछौं,’ उनले भने ।
उनले राजनीतिक सुझबुझका साथ आजको बैठक सरल रुपमा चल्न दिएको पनि बताए । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्बोधन नगरी आगामी बैठकहरू सञ्चालन गर्न नदिने झाको भनाइ छ ।
‘आजको बैठक सरल रुपमा जान दियौं । संवैधानिक प्रक्रियाप्रति राजनीतिक सुझबुझका साथ बैठक चल्न दिनु उपयुक्त हुन्छ । आज संवैधानिक प्रक्रियालाई व्यवधान गर्न हामी चाहँदैन थियौं,’ उनले भने, ‘राजनीतिक रुपमा हामीले एउटा सुझबुझ देखायौं । आगामी बैठकदेखि सामान्य रुपमा प्रस्तुत हुन नहुने निष्कर्षमा छौं ।’
प्रतिक्रिया 4