+

पीएम कप एनभीए भलिबल लिग : हेल्प नेपाल र पुलिस लगातार च्याम्पियन

२०८२ जेठ  १५ गते २३:१० २०८२ जेठ १५ गते २३:१०
पीएम कप एनभीए भलिबल लिग : हेल्प नेपाल र पुलिस लगातार च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले नवौँ पीएम कप एनभीए महिला र पुरुष राष्ट्रिय क्लब भलिबल लिगको उपाधि जितेका छन्।
  • पुरुषतर्फ हेल्प नेपालले गण्डकी प्रदेशलाई पाँच सेटमा पराजित गरी लगातार तेस्रो पटक उपाधि जित्यो।
  • महिलातर्फ नेपाल पुलिस क्लबले न्यु डायमण्ड युथ स्पोर्टस एकेडेमीलाई ३-१ को सेटमा हराउँदै लगातार दोस्रो पटक च्याम्पियन बन्यो।

१५ जेठ, काठमाडौं । टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले नवौँ पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब भलिबल लिगको उपाधि जितेको छ ।

दुवैले लगातार च्याम्पियन बन्दै उपाधि रक्षा गरेका हुन् । हेल्प नेपाल पुरुषतर्फ र पुलिस महिलातर्फ च्याम्पियन बने ।

पोखरा रंगशालाको कभर्डहलमा बिहीबार भएको पुरुषतर्फको प्रतिस्पर्धात्मक फाइनलमा हेल्प नेपालले गण्डकी प्रदेश विरुद्ध उत्कृष्ट पुनरागमन गर्दै पाँच सेटमा जित हात पारेको हो ।

सुरुवाती दुई सेट गुमाएको हेल्प नेपालले पुनरागमन गर्दै ३-२ ले खेल आफ्नो पक्षमा पार्दै लगातार तेस्रो र समग्रमा पाँचौ पटक उपाधि जितेको हो ।

पोखरामा हेल्प नेपाललाई हराएर गत वर्षको फाइनल हारको बदला लिने लक्ष्यमा गण्डकी नजिक पुगेपनि चुक्यो ।

गण्डकीले पहिलो र दोस्रो सेट २५-२० र २७-२५ ले आफ्नो पक्षमा पार्दै जित नजिक पुगेको थियो । तर त्यसपछि कुनै सेट जित्न सकेन भने हेल्प नेपालले सानदार पुनरागमन गर्दै लगातार तीन सेट जित्यो । हेल्प नेपालले त्यसपछिका सेट २५-२२, २५-१४, १५-८ ले आफ्नो पक्षमा पार्दै उपाधि नै जित्यो ।

‍हेल्प नेपालले यसअघि तेस्रो र पाँचौं संस्करणको उपाधि जितेको थियो । च्याम्पियन हेल्प नेपाल काभार पुरुष क्लब भलिबल च्याम्पियनसिपका लागि छनोट भएको छ ।

बिहीबारै भएको खेलमा त्रिभुवन आर्मीलाई हराएर नेपाल पुलिस क्लब पुरुषतर्फ तेस्रो भयो ।

महिलातर्फ नेपाल पुलिस क्लबले न्यु डायमण्ड युथ स्पोर्टस एकेडेमीलाई ३-१ को सेटमा हराउँदै उपाधि जित्यो । पुलिसले पनि लगातार दोस्रो पटक च्याम्पियन बनेको छ ।

पछिल्लो समम लयमा रहेको पुलिसले पहिलो सेट २५-२० ले जित्दै अग्रता लिएको थियो । तर दोस्रो सेट डायमण्डले पुनरागमा गर्दै २५-२२ ले आफ्नो पक्षमा पार्दै खेल १-१ को बराबरीमा पुर्‍यायो ।

त्यसपछि तेस्रो सेट प्रतिस्पर्धात्मक बनेको थियो तर टाइब्रेकमा २८-२६ ले आप्नो पक्षमा पार्दै पुलिसले फेरि अग्रता बनायो । तेस्रो सेट २५-१४ ले सहजै आफ्नो पक्षमा पारेपछि पुलिसले खेल जितेको हो ।

लिग चरणमा पनि पुलिसले न्यु डायमण्डलाई सोझो सेटमै पराजित गरेको थियो ।

यस्तै एभरेष्ट भलिबल क्लबले नेपाल एपीएफ क्लबला२ पराजित गर्दै महिलातर्फ तेस्रो भएको छ ।

महिलातर्फ विजेता पुलिस र उपविजेता न्यु डायमण्ड नेपालमा हुने आसन्न काभा महिला क्लब च्याम्पियनसिपमाका लागि छनोट भएका छन् ।‌

च्याम्पियन हेल्प नेपाल र नेपाल पुलिस क्लबले ट्रफी सहित नगद ८-८ लाख प्राप्त गरे ।

यस्तै उपविजेता गण्डकी र न्यु डायमण्डले समान ४ लाख तथा तेस्रो भएकव पुलिस र एभरेष्ट भलिबल क्लबले समान २ लाख हात पारे ।

नेपाल भलिबल संघले पहिलो पटक काठमाडौं बाहिर आयोजना गरेको पीएम कप एनभीए लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

पीएम कप एनभीए भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय