+
+
Shares

डाइभर्सन मर्मतपछि सञ्चालनमा आयो कान्तिलोकपथ

रासस रासस
२०८२ जेठ १६ गते १२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कान्तिलोकपथ सडक हेटौडा र काठमाडौँ जोड्ने नयाँ सडक सञ्चालनमा आएको छ।
  • बागमती खोलामा बाढीले बगाएको डाइभर्सन मर्मत गरी शुक्रबारदेखि सवारीसाधन सञ्चालन भएको हो।
  • मकवानपुरको भिमफेदी गाउँपालिका-८ मा पहिरो हटाइएको छ।

१६ जेठ, हेटौडा । काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक सञ्चालनमा आएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका-८ स्थित बागमती खोलामा वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि सो सडक अवरुद्ध भएको थियो ।

उक्त स्थानमा पुनः डाइभर्सन मर्मत गरिएपछि शुक्रबार बिहानदेखि सवारीसाधन सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

गत असोज १० देखि १२ गतेको वर्षाका कारण बागमती खोलामा आएको बाढीले उक्त सडक खण्डमा पर्ने बगुवा पुलको बेलिब्रिज पहुँचमार्ग बगाएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन हुँदै आएको छ ।

यस्तै, बिहीबार बिहान उक्त सडकअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-८ भर्‍याङडाडाँमा माथिबाट खसेको ढुङ्गासहितको सुख्खा पहिरो खसेकामा पहिरो हटाइएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?