+
+
Shares

बजेटबारे हानः पर्यटन विकासमा सहयोगी

संघीय संसद्मा पेश भएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह आयकर र विद्युत महशुल छुट दिने घोषणाको होटल संघ नेपालले स्वागत गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १६ गते १३:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • होटल संघ नेपालले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनमूलक उद्योगसरह आयकर र विद्युत महशुल छुटको घोषणा स्वागत गरेको छ।
  • संघका अध्यक्ष विनायक शाहले सरकारको यो निर्णयले पर्यटन र होटल उद्योगको योगदानको कदर भएको बताए।
  • बजेटले पर्यटक आकर्षण र सुविधाको विकासमा महत्वपूर्ण पहलहरू समेटिएको र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको संघको राय छ।

१६ जेठ, काठमाडौं । संघीय संसद्मा पेश भएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह आयकर र विद्युत महशुल छुट दिने घोषणाको होटल संघ नेपालले स्वागत गरेको छ ।

संघका अध्यक्ष विनायक शाहले दशकौंदेखिको यो माग पूरा भएकोमा नेपाल सरकार तथा विशेष गरी अर्थमन्त्रीलाई धन्यवाद ज्ञापन गर्दै सरकारको यो घोषणा होटल उद्योगले पुर्‍याएको योगदानको कदर भएको बताए ।

अध्यक्ष शाहले नेपाली होटल उद्योगको बढ्दो क्षमताको अधिकतम उपयोग गर्न तथा पर्यटकको आगमन बढाउन बजेटले काठमाडौं, पोखरा, भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलको सेवा र सञ्जालको द्रुत विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

पर्यटकीय गन्तव्य जोड्ने स्तरोन्नति भइरहेका राजमार्गहरूको समयवद्ध निर्माण, नेपाल एयरलाइन्सको सुधार, नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट बाहिर ल्याउने घोषणा महत्वपूर्ण रहेको पनि उनले बताए ।

पर्यटन क्षेत्रबाट देशले पाउने व्यापक आर्थिक लाभ बढाउन बजेटले पर्यटकहरूको बसाई लम्बाउन र उनीहरूको खर्च बढाउन उच्च हिमाली, पहाडी, तराईका साथै प्रदेशका थप पर्यटकीय गन्तव्यहरूको विकास र पर्यटकहरूले गर्ने साहसिक, धार्मिक, सांस्कृतिक, चलचित्र, आरोग्य, खेल लगायतका पर्यटकीय गतिविधिहरू बढाउन लिइएको पहल सकारात्मक रहेको होटल संघ नेपाले जनाएको छ ।

विश्वको प्रमुख प्राकृतिक गन्तव्य नेपालमा अधिकतम पर्यटकहरू आकर्षिक गर्न हरित पर्या–पर्यटनको विकासमा निकुञ्ज, आरक्ष, संरक्षित जंगल, सफारी, पर्यापदयात्रा लगायत हिल स्टेशन, आतिथ्य उद्योगको विकास र विस्तारका साथै प्रदूषण घटाउने कार्यक्रम घोषणा महत्वपूर्ण रहेको उनको भनाइ छ ।

होटल संघ नेपालले सीमा क्षेत्रको पर्यटन गतिविधि क्रस बोर्डर टुरिजम बढाउन सीमा नाकाहरूमा स्वागत तथा सेवा केन्द्र, स्वयम्भूनाथ, हनुमानढोका, पशुपतिनाथ र बौद्धनाथ जस्ता युनेस्को सूचीकृत सम्पदाहरूमा सन्ध्याकालीन सम्पदामार्ग विकास गर्ने, देशैभरिका पर्यटकीय आकर्षण रहेका स्थलहरूमा सुरक्षित पर्या–पर्यटन पदमार्ग विकास गर्ने बजेटको सकारात्मक पक्ष रहेको संघको राय छ ।

हवाइ वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा ल्याउन पाउने व्यवस्थाले पर्यटकलाई सुविधा तथा खर्च गर्ने क्षमता बढाउने जनाउँदै होटल संघ नेपालले भुकुटीमण्डपलाई अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने घोषणको स्वागत गरेको छ ।

बजेटले आर्थिक कुटनीतिमार्फत पर्यटन विकासमा निजी क्षेत्र तथा गैरआवासीय नेपालीहरूको समेत सहकार्यमा गर्ने, आधुनिक प्रविधि उपयोग गरेर पर्यटन गतिविधि संचालन गर्ने बजेटको सवल पक्ष रहेको संघले जनाएको छ ।

२ प्रतिशत विलाशिता कर र १३ प्रतिशत हवाई भाडामा लगाइएको मूल्य अभिवृद्धिकर नहटेको परिप्रेक्ष्यमा स्वदेशी पर्यटकीय सेवा महँगो भई कम प्रतिस्पर्धी भएको अवस्थामा घोषित पर्यटकीय विकासका कार्यहरू प्रभावकारी कार्यान्वयन गरी सेवाको स्तरीयता र प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको पनि संघले जनाएको छ ।

नेपाली होटल उद्योगमा दक्ष जनशक्ति अभाव बढ्दै गएको अवस्थामा बजेटले दक्ष जनशक्ति उत्पादन तथा स्वदेशमा नै रहने व्यवस्थाका लागि अवलम्बन गरिएका बजेटका प्रावधानहरू संघले अध्ययन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?