+
+
Shares

दर्शक फकाउँदै राजेश हमाल (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १६ गते १३:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘नरसिंहा अवतार’ले पहिलो साता १ करोड २२ लाख रुपैयाँ ग्रस कमाइ गर्‍यो।
  • राजेश हमाल र फिल्म टोली मोफसलका बजारमा प्रचारमा ब्यस्त छन्।
  • फिल्म ९ जेठदेखि देशभरका हलमा प्रदर्शन भइरहेको छ।

काठमाडौं । राजेश हमाल अभिनित फिल्म ‘नरसिंहा अवतार’ शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो साताको कमाइ हेर्दा यसले सुखद प्रदर्शन गरिरहेको देख्न सकिन्छ ।

फिल्मले पहिलो साता १ करोड २२ लाख रुपैयाँ ग्रस कमाइ गरेको चलचित्र विकास बोर्डको बक्सअफिसमा उल्लेख छ । यस्तोमा, हमालसहित फिल्मको टोली यतिबेला फिल्म प्रवर्धनको लागि मोफसलका बजारमा ब्यस्त छ ।

पूर्वी नेपालका सहरको प्रचार सकेपछि हमालसहित फिल्मको टोली यतिबेला पश्चिमका जिल्लामा ब्यस्त छ । निर्देशक भट्टराईका अनुसार नेपालगञ्ज र धनगढीका दर्शकमाझ फिल्म युनिट पुगेको छ । शुक्रबार दाङका दर्शकमाझ फिल्मले प्रचार गर्नेछ ।

‘नरसिंहा अवतार’को मोफसल प्रचार किन खास छ भने दशकपछि हमाल दर्शकलाई भेट्न मोफसलमा पुगेका हुन् । पूर्वी नेपालमा न्यानो स्वागत पाएपछि हमालले पश्चिम नेपालका ठूला फिल्मी बजारमा दर्शकलाई भेटिरहेका छन् ।

दाङ, बुटवल, नारायणगढ हुँदै काठमाडौं फर्किने तयारी रहेको निर्देशक भट्टराईले जनाए । यसअघि केही कलाकार अंगरक्षक लिएर मोफसलमा फिल्म प्रचारमा निस्किएपनि हमालले भने सामान्य तरिकाले प्रचार गरिरहेको जनाइएको छ ।

९ जेठदेखि यो एक्सन फिल्म देशभरका हलमा प्रदर्शन भैरहेको छ ।

क्रियटिभ सिने आट्र्सको ब्यानरमा बनेको फिल्ममा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ । फिल्ममा हमालसहित राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिवजंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाहीको अभिनय छ ।

आठवर्षपछि हमालको पुनरागमन फिल्म भएकाले पनि दर्शकमाझ यो फिल्म प्रतीक्षित थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?