
News Summary
Generated by OK AI. Editorially reviewed.- १६ जेठमा काठमाडौंको विभिन्न क्षेत्रमा राजावादीहरूले गरेको प्रदर्शनका कारण सवारी आवागमन प्रभावित भएको छ।
- आन्दोलन राजसंस्था पुनर्स्थापना नभएसम्म जारी रहने र राप्रपा लगायतका दलहरूले सहभागिता जनाएका छन्।
- प्रदर्शनका कारण सर्वसाधारणहरू लामो समय चर्को घाममा बस्न बाध्य भएका छन्।
१६ जेठ, काठमाडौं । राजसंस्था पुनर्स्थापनाको माग राख्दै राजावादीहरूले गरेको प्रदर्शनका कारण काठमाडौंको माइतीघरमण्डला, बबरमहल, नयाँबानेश्वर लगायत नदी करिडोरको सवारी आवागमन प्रभावित भएको छ ।
हिजोबाट सुरु भएको राजावादीहरूको आन्दोलन राजसंस्था पुनर्स्थापना नभएसम्म जारी रहने बताइएको छ ।
राप्रपा, राप्रपा नेपाल लगायतका दलहरू समेतको सहभागितामा जारी आन्दोलन आज पनि जारी छ ।
आन्दोलनका कारण काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवागमन अस्तव्यस्त बनेको हो । सवारी आवागमन प्रभावित भएपछि सर्वसाधारणहरू चर्को घाममा सडकमै लाम लागेर बस्न बाध्य भएका छन् ।
हिजो बिहीबार भने रत्नपार्क क्षेत्रमा प्रदर्शन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4