+
+
Shares

हलिउडका ‘थोर’ एमसीयूबाट बिदाइ हुन लागेका हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १६ गते १४:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हलिउड अभिनेता क्रिस हेम्सवर्थले आफ्नो युट्युब भिडियोमा ‘थोर’को भूमिका अन्त्य गर्ने संकेत गरे।
  • उनले भने, ‘म यो पात्रको लागि सबैभन्दा ठूलो सम्मान हो’ र ‘डूम्स डे’ मा नयाँ ट्विस्ट आउनसक्ने संकेत दिए।
  • फ्यानहरू र अड्कलबाजीकर्ताहरूले ‘एभेन्जर्स : डूम्सडे’ मा थोरको मृत्यु वा कथा समाप्त हुने सम्भावना खोजिरहेका छन्।

लस एन्जलस (अमेरिका) । हलिउड अभिनेता क्रिस हेम्सवर्थले भावुक पोस्ट गरेर फ्यानलाई स्तब्ध तुल्याएका छन् । आफूले अबदेखि मार्वल सिनेम्याटिक युनिभर्स (एमसीयू)मा थोरको भूमिका निर्वाह नगर्ने उल्लेख गरेका छन् ।

उनको यस्तो पोस्टपछि फ्यानले कथामा नयाँ ट्विस्ट आउनसक्ने अनुमान गरिरहेका छन् ।

यसपछि एमसीयूका फ्यानहरूको आँखा रसाएको छ भने अर्कोतर्फ, ‘एभेन्जर्स : डूम्सडे’ मा थोरको मृत्यु हुन्छ कि हुँदैन भन्ने अड्कलबाजी सुरु भएको छ । के यो मार्भल स्टुडियोले ‘एभेन्जर्स : एन्डगेम’मा आइरन म्यानको चरित्रलाई अन्त्य गरेको थियो जस्तै हुनेछ ?

हेम्सवर्थले आफ्नो युट्युब च्यानलमा एउटा भिडियो पोस्ट गरेका छन्, जसले फ्यानहरूलाई भावुक बनाइरहेको छ । भिडियो सेयर गर्दै अभिनेताले लेखेका छन्, ‘थोरको भूमिका निर्वाह गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो । विगत १५ वर्षदेखि मैले जोलनिर र त्यसपछि स्टोर्मब्रेकरलाई ‘गड अफ थन्डर’को रुपमा सम्हाल्दै आएको छु । यस पात्रप्रतिको तपाईंको जोश, हौसला र माया नै मेरो लागि सबैथोक हो । मार्भल सिनेम्याटिक ब्रह्माण्डमा मेरो यात्रालाई अविस्मरणीय उत्सव बनाउनुभएकोमा धन्यवाद । आउँदैछ डूम्स डे ।’

यद्यपि, हेम्सवर्थले अहिले सेयर गरेकोे भिडियो वास्तवमा दुई वर्षअघि ‘थोर : लभ एन्ड थन्डर’ को प्रचारको एक हिस्सा थियो । तर अभिनेताको यो पोस्टले इन्टरनेटमा फ्यानहरूमाझ हलचल मच्चाएको छ । थोरको कथा आगामी ‘एभेन्जर्स ः डूम्सडे’ मा समाप्त हुन्छ कि हुँदैन भन्ने बारेमा अड्कलबाजी सुरु भएको छ ।

अनलाइनमा फैलिएका हल्लालाई हेर्दा ‘एभेन्जर्स : डूम्सडे’ एउटा यस्तो एमसीयू फिल्म हुनेछ जसमा धेरै मनपर्ने पात्रहरू हराउन सक्छन् । यद्यपि, मार्भल स्टुडियोले यसबारे पुष्टि गरेको छैन ।

दर्शक मार्भल स्टुडियोका फिल्महरू ’एभेन्जर्स : डूम्सडे’ र त्यसपछि ’एभेन्जर्स : सेक्रेट वार्स’को उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन् । यी फिल्महरूको छायांकन हाल बेलायतमा रुसो ब्रदर्स अर्थात् जो र एन्थोनी रुसोको निर्देशनमा भइरहेको छ ।

यसलाई मार्भल मल्टिभर्समा एकदमै विशेष फिल्म मानिएको छ । यी फिल्महरूसँगै, रोबर्ट डाउनी जूनियर फेरि एक पटक एमसीयूमा फर्कदैछन् । पहिले उनी पर्दामा आइरन म्यानको भूमिका निर्वाह गर्थे भने अब उनी डाक्टर डूमको भूमिकामा खलनायकको रूपमा देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?