+
+
Shares

अफ्ताब आलमको स्वास्थ्य सुधार हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १७ गते ७:५९

१७ जेठ, काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमको स्वास्थ्य सुधार हुँदै गएको छ ।

शुक्रबार बिहान अचानक बोली र शरीरको भाग कमजोर भएपछि उनी अन्नपूर्ण न्यरो असप्पतालमा भर्ना भएका थिए । अपतालले जाँचपछि मस्तिस्क घात भएको पुष्टि गरेको थियो ।

उपचारपछि उनको स्वास्थ्यमा क्रमिकरुपमा सुधार हुँदै आएको अस्पताल प्रशासनले जनाएको छ । हाल उनको आईसीयूमा उपचार भइरहेको छ ।

आलम केही दिनअघि मात्रै जेलबाट छुटेका थिए । जिल्ला अदालतको जन्म कैदको सजाय उच्च अदालतले उल्ट्याएपछि उनी जेलबाट निस्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?