
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा राजतन्त्र पुनर्स्थापना र हिन्दू राज्यको माग राख्दै आन्दोलन तेस्रो दिनमा प्रवेश गर्यो।
- सरकारले दरबारमार्ग क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि प्रदर्शन शान्तिपूर्ण रुपमा बालुवाटारतर्फ अघि बढ्यो।
- प्रदर्शनको क्रममा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको र अनुसन्धान गरिरहेको जनाएको छ।
१७ जेठ, काठमाडौं । राजतन्त्र पुनर्स्थापना र हिन्दू राज्यसहितको माग राखेर काठमाडौंमा सुरु भएको आन्दोलनको आज तेस्रो दिन हो ।
पूर्व निर्धारित कार्यक्रम अनुसार, राजावादीहरूले आज दरबारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने तयारी थियो । यद्यपि, आजैबाट लागू हुने गरी सो क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेपछि प्रदर्शन शान्तिबाटिकाबाट सुरु गरिएको छ ।
अहिले प्रदर्शन बालुवाटारतर्फ अघि बढेको छ ।
प्रदर्शनको क्रममा घुसपैठ भएको भन्दै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका व्यक्तिबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार, नियन्त्रणमा लिइएका व्यक्तिलाई भद्रकाली परिसरमा ल्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4