
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा राजावादीहरूले प्रदर्शन जारी राखेका छन्।
- प्रदर्शनकारीहरूले बालुवाटार र आसपासका क्षेत्रमा नारा लगाएका छन्।
- सरकारले संवेदनशील क्षेत्र भएको भन्दै निषेधित क्षेत्र घोषणा गरेको छ।
१७ जेठ, काठमाडौं । राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरूले शनिबार पनि आन्दोलन जारी राखेका छन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार, आज राजावादीहरूले नारायणहिटी दरबार परिसरमा प्रदर्शन गर्ने तालिका थियो ।
तर, शुक्रबार साँझ नै सो ठाउँमा निषेधित क्षेत्र घोषणा भयो । लगत्तै, राजावादीहरूको आन्दोलन यसअघिकै ठाउँमा अर्थात् शान्तिबाटिकामा भयो ।
रत्नपार्कबाट सुरु भएको शनिबारको आन्दोलन नक्साल हुँदै बालुवाटार पुगेको छ ।
राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका उच्चपदस्थको सरकारी निवास रहेको क्षेत्रमा पुगेर राजावादीहरूले प्रदर्शन गरेका छन् । प्रदर्शनमा राप्रपा, राप्रपा नेपाल लगायत दलका नेता कार्यकर्ता पनि सहभागी छन् ।
आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूले ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश’ लगायतका विभिन्न प्लेकार्ड सहितका नारा लगाएका छन् ।
बालुवाटारलाई यसअघि नै सरकारले संवेदनशील क्षेत्रको रुपमा लिँदै निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।
निषेधित क्षेत्र तोड्न नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
हेर्नुस् केही तस्वीरहरूः
प्रतिक्रिया 4